भारत तर्फबाट आएका बन्दुकधारीबाट सुनसरीमा बोर्डिङ स्कुलका अध्यक्षको गोली हानी हत्या,प्रहरी घाईते

देवेन्द्र कार्की/सुनसरी
सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ४ भुटाहाका नेकपाका नेता ५६ वर्षीय मोलाना खुर्सिद इस्लाहीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ । बिहीबार दिउँसो इस्लाहीलाई दुईवटा मोटरसाइकलमा आएका युवाहरूले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी रैयान नेसनल बोर्डिङ स्कुलका अध्यक्ष हुन् । भारतीय सीमाबाट आएका व्यक्तिले उनको हत्या गरी फरार भएको स्थानीयले जनाएका छन् । उनलाई छाती र घुँडामा दुई गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूका अनुसार ११ः४५ बजेको समय भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले गोली चलाएका थिए । हत्या गरी भारतीय सीमा पार गर्ने क्रममा प्रहरीले रोक्दा प्रहरी पोस्टमा समेत गोली चलाएका थिए । गोली लागी प्रहरी जवान शिवलाल पौडेल घाइते भएका छन् । उनको दायाँ कम्बर र तिघ्रामा गोली वारपार भएको छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । फरार रहेका युवाको खोजीका लागि नाकाहरू सिल गरी प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिनुभयो । सीमाबाट भारत प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरी पोस्टमा आक्रमण गरेका थिए । एसपी अधिकारी तथा सशस्त्र प्रहरी प्रमुख घटनास्थल पुगेर घटनाको आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।
तत्कालीन एमालेका जिल्ला संयोजक रमेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डल९ पप्पु०ले संयुक्त विज्ञप्ति जारी गरी घटनाको छानबिन, दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

घटनापछि स्थानीयले हत्याको विरोधमा आन्दोलन सुरु गरेका छन् । गाउँकै इमान्दार व्यक्तिका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयले भुटाहा बजार बन्द गरेर आन्दोलन गरेका छन् ।

“बालबाल बच” :  शिवलाल पौडेल (प्रहरी जवान०)

करिब १२ बजेर १५ मिनेटतिर सञ्चार सेटमा खबर आयो । भुटाहामा गोली हानी हत्या भयो भनेर । हामी तीनजना तत्काल घटनास्थलबाट १५ किमि दक्षिण बाटोमा चेकपोइन्ट थाप्न दौडिएर निस्कियौँ । म घुस्की बजारको सडकमा निस्किएको मात्र थिएँ ।

भिडमा ममाथि प्रहार भयो । यसो हेरेँ खैरो होन्डा भारतीय नम्बर प्लेटको बाइकमा दुईजना व्यक्तिले पछाडिबाट पेस्तोलले सुट गरेको देखेँ । छलिँदा छलिँदै दुई गोली लाग्यो ।

५ फायरसम्म सुनेँ । गोली लागेपछि म नर्भस भएँ । ती व्यक्ति दक्षिणतिर भागे । सीमा नाकाबाट भारत लागे । मसँग थ्रिनट राइफल थियो । कक गर्ने समय नै पाइनँ । फेरि सर्वसाधारणको ठूलो भिड लागेको थियो ।