आज अन्तराष्ट्रिय शान्ति दिवस: नेपालगञ्जमा शान्ति दौडको आयोजना

५ असोज, नेपालगञ्ज/ सेप्टेम्बर २१ तारिकमा मनाउदै आएको अन्र्ताष्ट्रिय शान्ती दिवश शुक्रबार बिहानै नेपालगञ्जमा शान्ती तथा सदभाव दौडको आयोजना गरिएको छ ।

७० औं अन्र्तराष्ट्रिय शान्ती दिवश मनाउने क्रममा शुक्बार बिहान नेपालगञ्जको पुष्पलाल चौक देखी बिपी चौक सम्म शान्ती तथा सदभाव दौडको आयेजना गरिएको छ ।

इन्प्रोक नामक गैर सरकारी संस्थाको आयोजना र अन्य बिभिन्न संघ÷संस्थाको सहकार्यमा अन्र्तराष्ट्रिय शान्ती दिवश मनाउन शान्ती दौडको आयोजना गरिएको इन्प्रोकका अध्यक्ष तेजबिक्रम शाहले जानकारी दिनुभएको छ ।
उक्त शान्ती सदभाव दौडमा बांके जिल्लाका प्रमुख जिल्ल अधिकारी मदन भुजेलको नेतृत्वमा कर्मचारी तथा सुरक्षा निकायमा प्रमुखहरु, सामाजिक संघ/संस्थाका प्रतीनीधिहरु सहभागी रहेका थिए ।