तनहुँ को म्याग्दे र नुवाकोटको ककनीमा दुर्घटना: ३ को मृत्यु, ८ घाइते

Photo : File

९ असोज,दमौली / पृथ्वीराजमार्गमा अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा मंगलबार बस र माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा व्याँस–११ घर भई हाल भादगाउँमा बस्दै आएकी ३४ वर्षीया सरस्वती कुँवर र अर्की एक महिला रहेको प्रहरी उपरीक्षक सिद्धी विक्रम शाहले जानकारी दिनुभएको छ ।

दुर्घटनामा माइक्रोबस चालक तुलबहादुर विकसहित ८ जना घाइते छन् । घाइते मध्ये व्याँस–२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मंगलबार नै नुवाकोटको ककनी गाउँपालिका–१ स्थित ओखरपौवामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भए पछि केही समयमा गाँउमा तनावग्रस्त बनेको थियो ।
सोमबार साँझ ७ बजेतिर काठमाडौं जाँदै गरेको टिपरको ठक्करबाट स्थानीय शेरबहादुर बलामीको मृत्यु भएपछि ओखर पौवाको कागतीगाउँ अशान्त बनेको थियो ।

 

सम्बन्धित शीर्षक