गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को उपाध्यक्षमा शारदा

१७ असोज,नेपालगञ्ज/ गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को उपाध्यक्षमा बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा चयन हुनु भएको छ ।
असोज १६ गते ५ नम्बर प्रदेशको  बुटवलमा सम्पन्न प्रथम अधिवेशनले मधुकृष्ण पन्त अध्यक्ष रहेको २१ सदस्यीय कार्य समितिलाई सर्वसम्मत् रुपमा चयन गरेको छ ।

शारदा बर्दियाको माछागढबाट बांकेको बैजनाथ गाएंपालीकाकोसम्झनामा बसाइ सरी बिभिन्न समाजिक संघ संस्था मार्फत निरन्तररुपमा समाजकोसकारात्मक परिवर्तनका लागी निरन्तर लाग्नु भएको थियो । राजनितिकरुपमा पनि नेकपा एमलेको हाल जिल्ला सल्लाहकार कमिटीको सदस्य हुदै गएको स्थानिय निकायमा एमालेबाट अत्याधिक मत ल्याएर बैजनाथ गाउंपालीकाको उपाध्यक्ष पदमा निर्चिर्बात हुनु भएको थियो ।