स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्न सरकारलाई एक महिनाको अल्टिमेटम

१७ असोज, नेपालगञ्ज/ स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ ।
अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक, ब्यापारि सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिन मेची महाकाली अभियान शुरु गरेको जनाएको छ । अभियान मंगलबार नवलपरासी हुंदै बुटवल आइपुगेकोमा बुधबार नेपालगञ्ज आईपुगेको छ ।
अभियानका संयोजक रहनु भएका युवा पत्रकार स्वागत नेपालले कुनै पेशा,व्यवसाय,रोजगार नगर्ने अनी नेताहरुसंग सरकारमा गएपछि एकाएक कसरी लाखौं करोडौंको सम्पत्ति हुन्छ ?

भ्रष्टाचारको जड र स्रोत नै राजनीतिक दलका नेताहरु भएको आरोप लगाउँदै अधिवक्ता समेत रहेका संयोजक नेपालले आफूहरुले सरकारलाई एक महिनाको समयसीमा भित्र स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्न अभियान सञ्चालन गरिएको र त्यस्ता सम्पत्ति जनताले कब्जा गर्ने अभियमान सञ्चालन गरिने बताउनु भएको छ ।

भ्रष्टाचार गरेर कालो धन कमाएका नेताहरुको सम्पत्तिबारे नेपाली जनतालाई जानकारी रहेकाले त्यस्ता ब्यक्तीको सम्पती राष्ट्रियकरण नगरिए जनताले जफत गर्नुपर्ने अभियानकै क्रममा जनचेतना फैलाउदै आएका छन ।। स्रोत नखुलेको सम्पत्ति राष्टियकरण गर्ने हो भने नेपालको १० वर्षको वजेट बराबरको रकम राज्यलाई प्राप्त हुने अभियानको दावी छ ।