बांकेको अगैया नजिकै दुर्घटना : ६ जनाको मुत्यू १७ जना घाईते (घाईतेको नामावली सहित)

दुर्घटनास्थल र घाईतेहरु

२० असोज, नेपालगञ्ज/ बांकेको अगैयामा शनिबार बिहान ९ :३० बजे यात्रु बहाक हायस बस र ट्रक ठोक्किएर दुर्घटना हुदा ६ जनाको मुत्यू भएको छ भने १७ जना घाईते भएका छन ।
पुर्व–पश्चिम राजमार्ग, कोहलपुर देखी करीब २५ के.मी. पूर्बमा बांकेको राप्ती सोनारी गाउंपालीका वडा नम्बर  २ अगैया नजिकै जिरो भन्ने ठाउंमा दांगको तुल्सीपुरबाट नेपालगञ्ज तर्फ आउदै गरेको यात्रु बोकेको बा ५४ ख १६६२ नम्बरको हायस बस र पश्चिमबाट पूर्व तर्फ गईरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा ४ जनाको मुत्यू भएकोमा उपचारको क्रममा थप २ जनाको कोहलपुर मेडिकलमा मुत्यू भएको छ । उक्त घटनाका मुत्यू हुनेमा २ जना पुरुष र ४ जना महिला रहेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र रोकायका अनुसार उक्त दुर्घटनामा परि मुत्यू हुनेमा दांग तुल्सीपुरका २६ बर्षिय बसन्ती चौधरी र ३२ बर्षिय तुल्सी रावत रहेका छन भने अन्यको सनाखत गर्ने काम भईरहेको छ ।

दुर्घटनामा घाईतेहरुको बांकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनापछी बांके प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहित सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरु समेत अस्पतालमा पुगेका छन ।

दुर्घटनामा घाईते हुने हरु :

१ कृष्ण रिजाल बर्ष २१ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ५ बस्ने
२ गिता कुमारी भण्डारी बर्ष २४ दांग, तुल्सीपुर वडा नम्बर ५ बस्ने
३ धनी डांगी बर्ष ५० दांग, तुल्सीपुर वडा नम्बर ५ बस्ने
४ राजकुमारी रोका बर्ष ४३ , रोल्पा, थवांग वडा नम्बर २ बस्ने
५ कर्म बहादुर बुढा बर्ष ४२ को, रोल्पा, थवांग वडा नम्बर २ बस्ने
६ चन्द्रकला पुन, सल्यान, सारदा न.पा. वडा नम्बर १४
७ इन्दिरा के.सी. बर्ष ४० दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ६ बस्ने
८ मिना योगी बर्ष ३३ सल्यान छांयाक्षेत्र गाउंपालीका वडा नम्बर ३
९ इश्वरी वली बर्ष ४२ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ८ बस्ने
१० टेक बहादुर सुनार बर्ष ५९ दांग
११ कल्पना बस्नेत बर्ष ३६ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ६ बस्ने
१२ अञ्जली बर्मा बर्ष २३ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ३ बस्ने
१३ प्रेम बुढा बर्ष २३ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ८ बस्ने
१४ मोहनराज जोशी बर्ष २९ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ९ बस्ने
१५ मन कुमारी वली बर्ष ४८ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ७ बस्ने
१६ अञ्जली पुन बर्ष २२ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ५ बस्ने
१७ प्रकाश वली बर्ष २५ दांग, तुल्सीपुर उप–महानगरपालीका वडा नम्बर ५ बस्ने रहनु भएको छ ।

चांड पर्वकै समयमा किन हुन्छ उक्त ठाउंमा दुर्घटना ?

बांकेको अगैया क्षेत्रमा अत्त्याधिक दुर्घटना हुने गरेका छन । सोही आसपासमा दुर्घटनामा परेर नेपालगञ्ज मेडिकल कलेजका डाक्टर एम किदवाईका छोरा र बर्दिया गुलरियाका एक जना ईटटा ब्यापारीको छोराको मुत्यू भएको १ बर्ष नपुग्दै अर्को थप अर्को दुर्घटना भएको छ । त्यस क्षेत्रमा भएको दुर्घटनामा परि दर्जनौ ब्यक्तीहरु घाईते भइसकेका छन ।
स्थानिय बासिन्दाका अनुसार सो क्षेत्रमा प्रेत आत्मासंग पनी जोडने गरिएको छ भने करीब अत्याधिक गतिका कारण पनी मानिदै आएको छ ।

त्यसैगरि शनिबार बिहान ५ बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–१० अरुणखोला स्थित जंगलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो ।

उक्त घटनामा ९ जना घाइतेकोमा चितवन मेडिकल कलेजमा उपचार भइरहेको र बसमा सवार अन्य १६ यात्रु सकुशल रहेको दुम्किबास इलाका प्रहरी कार्कीले बताए।कार्यालयले जानकारी दिएको छ ।