हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 648 Views
Bajhang DPO

२३ असोज,बझाङ/ बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाको ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जीपमा चालकसहित १४ जना सवार थिए ।जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।