२३ असोज, नेपालगञ्ज/ वडा प्रहरी कार्यालय नेपालगञ्जले मंगलबार अपरान्ह नेपालगञ्जको र्सुज्य गाउंमा रहेको एक निजी घरमा छापा मारि ठुलो मात्रामा मिसावट युक्त घिउ सहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीको नेतृत्वमा गएको टोलीले नक्कली तथा मिसावटयुक्त घिउ बजारमा सप्लाई भईरहेको भन्ने जागरुक बिभिन्न ब्यापारी तथा उपभोक्ताको सूचनाको आधारमा सम्वन्धीत क्षेत्रमा छापा मारी तथा खोज अनुसन्धान गरेको थियो ।
अनुसन्धान तथा छानबीनकै क्रममा नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर १८ सुज्य गाउंमा रहेको एक स्थानियको घरमा गोप्यरुपमा झण्डै २ दर्जन टिनको डब्बामा पशुको घिउमा बनस्पती घिउ मिसावट गर्ने कार्य भईरहेको अवस्थामा प्रहरीले छापा मारेको हो ।
मिसावटयुक्त घिउ बनाउने कार्यमा संलग्न २ जना ब्यक्ती पक्राउ र १ जना फरार परेपनी मुख्य ब्यापारीहरुको खोजबीन तथा अनुसन्धान भईरहेको प्रहरी जानकारी दिएको छ ।
पहाडी क्षेत्रबाट सुद्ध घिउमा बनस्पती डाल्डा घिउ लगायत अन्य बस्तु मिसाएर घिउलाई टिनको पौवामा सिल प्याक गरेर बजार सप्लाई गर्ने काम भईरहेकोमा उपभोक्ता तथा ब्यापारीहरुकै सूचनाको आधारमा प्रहरीले चांडपर्वको मौका पारेर कालो बजारी तथा मिसावट कार्यलाई रोकथाम गर्न सक्रियता बढाएको जनाएको छ ।
छापामारीमा पक्राउ परेको २ जना ब्यक्ती सहित मिसावट युक्त घिउ कार्बाहीका लागी नापतौल तथा गुणस्तर कार्यालयमा पठाउने आवश्यक तयारी भइरहेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज नारायण डांगीले बताउनु भएको छ ।
त्यसैगरि वडा प्रहरी कार्यालय नेपालगञ्जले सोमबार भारतबाट भन्सार छली नेपालगञ्ज तर्फ ल्याईसकेका १६ वटा खसी पक्राउ गरि आवश्यक कार्बाहीका लागी सम्वन्धीत नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।
हाम्रो संरचना । २३ आश्विन २०७५, मंगलवार १४:४६