पोखरामा घुस सहित सह-न्यायधिवक्ता र मालपोत अधिकृत पक्राउ

२४ असोज, नेपालगञ्ज/ ५ लाख रुपैयाँ घुस सहित पोखरामा एक सह-न्यायाधीवक्ता बुधबार बिहान पक्राउ परेका छन् । मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका जिल्ला सरकारी वकिल कार्यालयका सह(न्यायाधीवक्ता सुरेन्द्र बहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटेकोे टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटिएको उक्त टोलीले बुधबार बिहान पौने ९ वजेको समयमा कार्यालयबाटै ५ लाख नगगद सहित पक्राउ गरेको अख्तियारले जनाएको छ । मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

त्यसै गरि मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत खेम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई ५० हजार नगद घुस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता द्धारा जारि  बिज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित शीर्षक