म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका ८ जना आँधी सहितको हिम पहिरोमा परेर मृत्यु, १ जना बेपत्ता

 

म्याग्दीको गुर्जा हिमाल, फोटो : गुगल

२७ असोज, म्याग्दी / म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका वडा नम्बर १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको हिम पहिरो र आँधीमा परेर मृत्यु भएको छ भने १ जना वेपत्ता रहेका छन् ।

काठमाडौंको ट्रेकि‌ग क्याम्प नेपाल प्रा. लि. नामक टाभल्स एजेन्सीबाट ५ जना कोरियन नागरिक र ४ जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बुढामगरले जानकारी दिनुभएको छ ।

पोखराबाट समेत गएको उद्धार टोलीका सदस्यहरुले समेत ८ जना मान्छेको शव देखेको तर मौसम खराब भएकाले हेलिकोप्टर बस्न नसकेर फर्किएको छ ।’

प्रहरीको रिपोट अुसार गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेस क्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

स्थानिय बासिन्दा बेस क्यम्प तिर जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको थियो ।

गुर्जा हिमाल ७ हजार १ सय ९३ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए तर उक्त टोली हिमपहिरोमा परि निधन भएको छ ।

उक्त घटनामा  हिमाल अाराेहण गर्न गएका ४ जना दक्षिण काेरियाली नागिरकहरु
1. Mr. KIM CHANG HO M85850032 male 5/30/1969 Team Leader South Korea

2. Mr. RIM IL JIN M97002379 male 12/26/1969 Member South Korea
3. Mr. YOO YOUNGJIK M54666498 male 2/23/1970 Member South Korea
4. Mr. LEE JAEHUN M04612862 male 1/31/1994 Member South Korea

5.  जना काेरियन नागिरक  हराएकाे ।

6. नेपाली नागिरकहरु Mr. LAKPA SANGBU BHOTE 10-01-72-00735 male 9/3/1997 Member Bhotkhola-3, Sankhuwasabha
7. Mr. Tshering Bhote 5818/56 male 7/1/2036 HAW Hatiya-2, Sankhuwasabha
8. Mr. Phurba Bhote male Local Porter
9. Mr. Netra B. Chhyantal male Local Porter र ट्रेिकगकाे लागि गएका

उक्त्त टाेली पर्यटन बिभागको Permit No 67/Permitted Date 2018-09-30 मा अाराेहण अनुमित लिइ अाराेहणकाे लागि गएकाे थियो ।