कर्णाली चिसापानीमा डुङ्गा पल्टिदा २ जना बेपत्ता

३० असोज, बर्दिया/ कैलालीको चिसापानी नजिक कर्णाली नदीमा सोमबार बेलुका डुङ्गा पल्टिदा २ जना बेपत्ता भएका छन् ।
चिसापानीस्थित कर्णाली पुलबाट उत्तर पर्ने मोहन्याल गाउँपालिकाको पित्मारी भन्ने ठाउँको कर्णाली नदीमा डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डुङ्गा पल्टिदा बेपत्ता हुनेहरुमामा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ का २३ बर्षिय पुरुषोत्तम चौधरी र बल बहादुर बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ । कर्णालीको उत्तर तर्फबाट चिसापानी पुल तर्फ डुङ्गा सवार ब्यक्तीहरु आउँदै गरेको डुङ्गामा चालक सहित ५ जना सवार रहेका थिए ।

डुङ्गामा सवार ३ जना पौडेर बाँच्न सफल भएको र प्रहरी र स्थानीयबाट नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जानकारी दिएको छ ।