गुल्मीमा जिप दुर्घटना: १ जनाको मृत्यु १६ जना घाईते

८ कार्तिक, गुल्मी/ ५ नम्बर प्रदेशको पहाडी जिल्ला गुल्मीमा बुधबार सांझ एक यात्रु बोकेको जिप दुर्घटना हुदा १ जनाको मुत्यू भएको छ भने १६ जना घाईते भएका छन ।

दशै पछीको गुल्मीको जोगिथुमा लाग्ने पूर्णिमा मेला हेरेर घर तर्फ फर्कदै गरेको यात्रु बोकेको जिप गुल्मीको इस्मा गाउँपालिका वडानम्बर २ छल्दी पनाहा नजिकै डबल क्याप भएको लु १ च ७३७० नं जिप सडकबाट पल्टीएर बुधबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका वडा नम्बर २ पालुखाका १४ वर्षीय विमल केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा इस्मा गाउँपालिका वडानम्बर २ पालुखाका

६५ वर्षीय बेलकुमारी कुवंर,
१४ वर्षीय रविन कुवंर,
५२ वर्षीया कमला केसी,
३३ वर्षीया कल्पना राना,
११ वर्षीय विशाल थापा,
१४ वर्षीया पवित्रा केसी,
२६ वर्षीया करिश्मा कुवंर
२९ वर्षीय चालक प्रेम कुवंर
१२ वर्षीय अर्जुन केसी,
१३ वर्षीय रेशम केसी,
१९ वर्षीया अनुसा पन्थी,
१२ वर्षीया कविता मुखिया,
८ वर्षीया सुस्मा मुखिया र
५९ वर्षीया कमला पन्थी घाइते भएका छन् ।

सम्बन्धित शीर्षक