बाँकेको बैजनाथ पेरानीकी श्रीदेबीको “चवन्नी मुस्की “

  • बिनोद भटटराई
  • ८ कार्तिक,कोहलपुर/  नव गायीका तथा माेडल श्रीदेवी थारुले पहिलाे पटक थारु भाषाकाे गित तथा म्युजिक भिडीयाे “चवन्नी मुस्की ” बजारमा ल्याएकी छन ।

थारुले भर्खरै बजारमा ल्याएकाे चवन्नी मुस्कमा स्वर तथा म्युजिक भिडीयाेमा अभिनय समेत श्रीदेबीले नै गरेकी छन ।मिठाे स्वर तथा उत्कृष्ट अभिनयका कारण पहिलाे गित तथा म्युजिक भिडीयाेमा श्रीदेवीलाई दर्शक तथा श्राेताले निकै रुचाएका छन ।

बाँकेकाे बैजनाथ – ७ ,पेरानी घर भएकी थारु अागामी दिनमा गाएन तथा अभिनय क्षेत्रलाई संगसगै अगाडी बढाउने साेचमा छन। उनले भनिन – ” मेराे पहिलाे गित दर्शक /श्राेताले मन पराईरहनु भएकाे छ,यसबाट म उत्साहीत भएकी छु ।” अागामी दिनमा थारु लगाएत अन्य भाषाका गितमा स्वर दिने तथा अभिनय गर्ने साेचमा श्रीदेबी छन ।

हाल काठमाण्डाैमा बसेर म्युजिक तथा अभिनयकाे कक्षा लिईरहेकाे थारुले बताइन । “चवन्नी मुस्की “बाेलकाे गितमा श्रीदेवी थारु र अशाेक चाैधरीकाे स्वर रहेकाे छ भने म्युजिक भिडीयाेमा श्रीदेबीकाे जाेडीकाे भुमिकामा बिवस चाैधरीलाई देख्न सकिन्छ ।

उक्त म्युजिक भिडीयाेकाे चन्द्र चौधरी र दिपक चौधरीले निर्देशन गरेका हुन भने संगीत मनोज थारुको रहेकाे छ । सि.एस.फिल्मसको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्माण समेत श्रीदेवी नै गरेकी हुन ।

Advertise

clicks to here for looking …

श्रीदेबीकाे “चवन्नी मुस्की “