१६ कार्तिक, कोहलपुर/ बाँकेको कोहलपुर स्थित नेपालगञ्ज कोहलपुर सडक खयडमा दुर्घटना हुँदा २ जनाको मुत्यू भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
शुक्रबार बेलुका करीब सवा ७ बजे तिर बा ६ च ८२९९ नम्बरको कारले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको ज्यान मुत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
कोहलपुर विध्ुत रोड नजिकै कारलेमोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा चालक बर्दियाका ठाकुरबाबा -९ निवासि ईन्द्रप्रसाद भट्टराई (देवीराम ) र उहाका बहिनी ज्वाइँ ठाकुरबाबा – १निवासि काशिचन्द्र न्येाेपानेकाे घटनास्थलमै मुत्यू भएको स्थानियलाई उदद्यृत गर्दै प्रहरीले जनाएको छ ।
घटना लगत्तै कार चालकलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
त्यसै गरि शुक्रबार सांझ नै
पुर्ब-पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बांकेको अगैया बजार देखिकरीब ३ किलोमीटर पश्चिममा प्रेस लेखेको रा ४ प ४०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जना ब्यक्ती गम्भीर घाइते भएको स्थानियले जानकारी दिएका छन ।
हाम्रो संरचना । १६ कार्तिक २०७५, शुक्रबार २२:४६