हिन्दुहरुको महान चांड तिहार सुरु: आज कागको पुजा

१९ कार्तिक, नेपालगञ्ज/ प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल दुतिया सम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड तिहारको आज यमपञ्चकबाट शुरु भएको छ । यमपञ्चक पहिलो दिन आज कागको पूजा गरी मनाइँदै छ । कागलाई यमदूत र प्रकृतिको कुचिकारको रुपमा पनी बिश्वास गरिन्छ ।
काठमाण्डौको उत्तरपूर्वी भागमा रहेकोकागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको चलन रहेको छ ।आजकै दिन तराईतिर धनतेरशको रुपमा धातुका समान खरिद गरि घरमा ल्याउने चलन पनि रहेको छ ।
यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ । यस वर्षको भाइटीकाको साइत कार्तिक २३ गते शुक्रबार मध्याहृन ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले यस अघि सार्वजनीक गरिसकेको छ ।

कार्तिक कृष्ण त्रयोदशी देखि शुक्ल दुतीयासम्म पाँच दिन झिलीमिलीको तिहार पर्व मनाइन्छ । यस अवधिमा यमराज समेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो ५ दिनको अवधिलाई यम पञ्चक पनि भनिन्छ ।