सहकारीको नाममा बांकेमा बित्तीय कारोबार गर्नेहरुबाट करोडौं रकम झवाम, राष्ट्रबैक मौन

# लक्ष्मी चौधरी :
१९ कार्तिक,नेपालगञ्ज/सहकारीको भावना र मर्म बिपरित बांकेमा सञ्चालनमा रहेका अधिकांस सहकारी संस्थाहरुमा सर्वसाधरणको निक्षेप संकलन गरिएको रकम असुरक्षीत रहेको हालै सार्वजनिक भएको थप एक घटनाले उजागर गरेको छ ।

बांकेको कोहलपुमा सञ्चालनमा रहेको बांके बचत तथा ऋण सहकारी संस्थामा आफुहरुले बचत गरेको रकम फिर्ता नपाएपछी आफुहरुले बचत गरेको रकम फिर्ता गराउन स्थानिय बचत कर्ताहरुकैे दवाबमा संस्थाकै बजार प्रतीनिधीहरुले प्रहरीलाई गुहार लगाएपछी सहकारीमा हुने गरेका गलत प्रबृतिको बाहिर आएको हो ।

कोहलपुर स्थित बांके बचत तथा ऋण सहकारी संस्थामा निक्षेप संकलन गरेका बिभिन्न ब्यक्तीहरुले उक्त संस्थामा भ्रष्टाचार भएको र भ्रष्टाचारीलाई कार्बाही गरि आफनो रकम फिर्ता गराईदिन माग गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी गरेका थिए ।

प्रहरीले उक्त भ्रष्टाचारको बिषयमा छानबीन गरि  बांके बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख खिम श्रेष्ठलाई अदालत मार्फत पुर्वपक्षका लागी कारागार चलान गरेको छ भने अन्य सञ्चालकहरुलाई केही चलाएको छैन ।

हाल हिरासतम रहेका बांके बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख खिम श्रेष्ठले भने बजार प्रतिनिधी मार्फत सर्वसाधरणको रकम संकलन गरि संस्थाकै पदाधिकारीहरुको निर्णय र उनिहरुकै मनोमानी गरि रकम हिनामिना र लगानी गरेकोमा आफुलाई फसाईएकोमा आफनो पिडा सम्वन्धीत ठाउं सम्म पु–याई दिन आग्रह गरेका छन ।

अदालतमा पनी आफु कारिन्दा मात्र भएकोले रकम हिनामिना पार्ने संस्थाका जिम्मेवार ब्यक्तीहरु शक्तीको आडमा सुरक्षीत रहने र आफु निर्दोस हुदाहुदै फसेको बताएका छन ।

ब्यक्ती–ब्यक्ती मिलेर सानो पुंजी संकलन गरेर आपसी सदभाव र एकताका साथ केही गरौं भन्ने सहकारिताको भावनालाई केही दलालहरुले सहकारिलाई बित्तीय कारोबार गर्ने अडडाको रुपमा विकास गरेकोमा नियमन निकाय पनी चुप लागेर बस्नुले अझ थप आंशंका उत्पन्न हुने गरेको छ ।
सहकारी संस्थाको नाममा सर्वसाधरणको रकम मनपरि संकलन गर्ने र मनपरि लगानी गर्ने क्रम रोकिएको छैन । सर्वसाधरणको करोडौं रकम संकलन गर्ने र सञ्चालक फरार हुने वा डुबेको  भनेर निक्षेपको रुपमा संकलन गरिएको रकम झवाम पार्ने घटना बांकेमा पटक-पटक हुने गरेको छ जसको कारण सर्वसाधरणको करोडौं रकम डुबीसकेको छ भने ती सहकारीका सञ्चालक हाल उक्त रकम सहित गुप्त ठाउंमा मोजमस्ती गरिरहेको उदाहरणहरु रहेका छन ।

नेपालगञ्जमा नाम चलेका ओरेन्टल को–ओपरिटिभ, लुम्बीनी फाईनान्स, सगरमाथा जस्ता ठुला तथा अन्य स–साना सहकारी केही बर्ष सञ्चालन गर्ने अनी संस्था सञ्चालन गरेर सर्वसाधरणको रकम कुम्ल्याएर फरार भैइसकेका छन । यस्तो सहकारी संस्था खोल्ने अनी पैसा उठाएर फरार हुने‘सुचिकृत ब्यक्तीहरुको सुचि पनी बांकेमा लामै रहेको छ ।

पछील्लो पटक स्थानिय निकायमा सहकारी सञ्चालन ऐन र बिधि, प्रक्रियाको बिषयमा ध्यान नपुग्नाले सहकारीका नाममा बित्तीय कारोबार गर्दै आएका सहकारी संस्थाको नियमन हुन सकिरहेको छैन ।

बित्तिय कारोबार गर्ने संस्थाहरु सहकारी नभएर बित्तीय संरचना अन्र्तगत ति संस्थाहरु मिलेर घ बर्गको बैक दर्ता गरेर सञ्चालन गर्ने नेपाल राष्ट्र बैकको अनिबार्य सुचना समेत राष्ट्र बैक आफैले समेत कडाईका साथ पालन गर्न सकिरहेको छैन ।

राष्ट्र बैकको कमजोर र फितलो अनुगमन कार्यन्वयनको फाइदा सहकारीका नाममा बित्तिय कारोबारका नाममा ठगी धन्दा चलाउनेहरुले उठाउदै आइरहेका छन ।

सहकारी सस्था सहकारी ऐन २०४८ अनुसार दर्ता भएपनी बित्तिय कारोबार गर्न सिमित बैकिंग कारोबार सञ्चालन गर्न राष्ट्र बैंक मार्फ प्रक्रिया पु–याएर मात्र कारोबार गर्न पाउने ब्यवस्था रहेकोमा हाल ती सबै संस्थाहरुलाई बैक वा बित्तिय कम्पनी माफृत सञ्चलन गर्न गराउन निदेशन जारि गरेको लामो समय भईसक्दा समेत सम्वन्धीत पक्षको ध्यान जान सकेको छैन जस्ले केही सहकारीका नाममा आधुनिक र सभ्य बनेर ठग्ने कार्यलाई प्रोत्साहन जारि नै रहेको छ ।

उता सहकारीको भावना बिपरित बित्तिय कारोबारकै निम्ती मात्र दर्ता गर्ने गरेको सम्वन्धीत सहकारी डिभीजन कार्यालयले पनी कानुनी सुराकका कारण दर्ता प्रक्रिया रोक्न नसक्दा सर्बसाधरण मात्र होइन सरकार पनी यसबाट ठगिदै आएको छ ।

नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा १०० बमोजिम सहकारीको नाममा गैर कानुनी रुपमा बित्तिय कारोबार गर्ने सहकारीलाई कार्बाही गर्ने कानुनी ब्यवस्था रहेको छ ।