१९ कार्तिक,डोल्पा/ प्रदेश नम्बर ६मा पर्ने बिकट जिल्ला डोल्पाको सदरमुकाम दुनै बाट त्रिपुरा सुन्दरी नगरपालीका को सुपानी को लागी छुटेको भे १ च १६१० नम्बरको यात्रु बहाक जिप सोमबार साझं बतासे डांडामा दुर्घटना हुदा १० जनाको मुत्यू भएको छ ।
डोल्पाको दुनै- सुपानी सडक खण्डमा भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका -९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिनु भएको छ ।
उक्त दुर्घटनामा ३ जना महिला र ७ जना पुरुष गरी १० जनाको घटना स्थलमै मुत्यू भएको छ भने जिप चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालीका वडा नं. ३ का दिनेश बहादुर बोहोरा र त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. २ रुमका वडा अध्यक्ष नन्द बहादुर थापा गम्भीर घाईते हुनु भएको छ ।
उक्त जिप दुर्घटनामा मुत्यू हुनेहरुमा डोल्पा जिल्लाकै त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १ का ४८ बर्षका हेमराज हमाल,
६५ बर्षका नर सिंह कठायत, शेर बहादुर थापा त्यसैगरि त्रिपुरा सुन्दरी नगरपालीका वाड नं. २ मधु की १३ बर्षकी अस्मीता रोकाया, त्रिपुरा सुन्दरी नगरपालीकावडा नं.५ ल्हा की २५ बर्षकी लक्ष्मी रोकाय, याम रोकाया ,त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ३ सुउ बर्ष ४५ का बोध धराला, त्रिपुरा सुन्दरी नगरपालीका वडा नं.३ बर्ष १६ की मनिसा धराला र ठुलीभेरी भेरी नगरपालीका वडा नं.५ बर्ष ३० भद्र रोकाया घटना स्थलमै ज्यान गएको हो ।
जीप सडकबाट करीब १५ सय मिटर तल भेरी नदीमा खसेको र चिसो पानीमा डुवेको कारण चिसोले गर्दा घाईतेहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृर्तकहरुको शव जिल्ला अस्पताल डोल्पामा राखिएको र भोली मंगलबार पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा जिल्ला अदातल डोल्पामा कार्यरत डोल्पा त्रिपुरा सुन्दरी नगरपालीका चु की अमिना बुढामगर को झोला भेटीएको र मान्छे व्यपत्ता रहेको प्रहरीले जनाईएको ।
डोल्पा जिल्ला वासीलाई यातायात सुविधा दिनका लागि हेलिकोप्टरबाट दुनै लगीएका ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै–जुफालमा सञ्चालित रहेका छन । ।
हाम्रो संरचना । १९ कार्तिक २०७५, सोमबार १९:४६