भारतीय प्रहरी द्धारा नेपाल प्रहरीलाई ४० युवती हस्तान्तरण

सोमबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएका युवतीहरु

१९ कार्तिक, नेपालगञ्ज/ नेपाल–भारत सिमाना जमुनहा नाकाबाट भारतीय प्रहरीले नेपाल प्रहरीलाई सोमबार ४० जना युवती हस्तान्तरण गरेको छ ।
भारत उत्तर प्रदेशको गाजीयाबादको इन्द्रमपुरुमको सेक्टर नम्बर २३ ज्ञानखण्ड ३ वटा कोठामा रहेका ३७ जना युवती र ३ जना दिल्लीको जीबी रोडबाट गरि ४० जना युवतीलाई प्रहरी निरिक्षक टि.आर. सिंहको नेतृत्वमा रहेको ७ जना प्रहरीको टोलीले १ यात्रु बहाक बसमा राखेर ४० जना युवती बुझाउन सोमबार बिहान नेपालगञ्ज स्थित नेपाल–भारत सिमाना जमुनहा आईपुगेको हो ।

नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख अरुण पौडेलको तेतृत्वमा सिमानामा पुगेको प्रहरीले ४० जना युवती सोमबार नै बुझेको छ ।
बिगतमा बिवाह, प्रेम र घुम्न जाने बिभिन्न बहाना बनाएर नेपाली महिलाहरु भारत लगायत तेस्रो देशमा बिक्री गर्ने कार्य गदै आएका मानब बिरोधी दलालहरुले केही बर्ष यता लोभ लाग्दो रोजगारि र सेवा सुबिधाको झासा दिएर भारत हुदै बिभिन्न राष्ट्रमा नेपाली युवती बिक्री गर्ने दलालहरु सक्रिय रहेका छन ।

सोमबार त्यस्तै किसिमको रोजगारिको निम्ती लोभ लाग्दो आशा देखाएर नेपालबाट अलग–अलग ठाउंबाट युवतीहरु संकलन गरि भारतको गाजीयाबाद स्थित इन्द्रमपुरुमको सेक्टर नम्बर २३ ज्ञानखण्डमा ३ वटा कोठामा राखि रहेको अवस्थामा माइती इण्डिया नामक गैर सरकारी संस्थाको समन्वयमा भारतिय बिभिन्न सुरक्षा एजेन्सीको सहयोगमा मेची देखी महाकाली सम्मका जम्मा गरि राखिएका ४० जना युवतीलाई उद्धार गरि सोमबार माईती नेपालको समन्वयमा नेपालका सुरक्षाकर्मिहरुको जिम्मा लगाएको छ ।

माईती नेपाल र भारतको माईती इण्डियाको आपसी समन्वयमा बिभिन्न बहानामा नेपाली युवती तस्करी हुने कार्य रोकथामका लागी सक्रिय रहदै आएका छन ।

नेपाली महिला बेचबिखन रोकथामका लागी माइती लगायत अन्य बिभिन्न सामाजिक संघ÷संस्थाले कार्य गर्दै आएकोका  नेपाल भारतका सुरक्षाकर्मिहरुले समेत साथ दिदै आएका छन ।

सोमबार नेपाल ल्याइएका बिभिन्न उमेरका महिलाहरुले लोभ लाग्दो तलबमा रोजगारिका लागी आफुहरुलाई लैजान लागेको बताएका छन भने केही महिला मानब बेचबिखनको दलालहरुले नै परिचालीत ब्यक्तीहरु समेत रहेको स्रोतले बताएको छ ।

नेपालबाट करीब ५ जना नेपाली युवती तस्करी गरिसकेको र हालै १ सय २५ जना श्रीलका पठाउन सफल रहेको केदार नामक दलाल गिरोह मध्यको ३ जनालाई पक्राउ गरि भारतमा नै कार्बाही प्रक्रिया अगाढी बढाइएको भारतिय प्रहरी जानकारी दिएको छ ।
सोमबार नेपाल ल्याइएका ४० जना युवतीहरु सोमबार सांझ नै माइती नेपालको जिल्ला स्थित सम्पर्क कार्यालय मार्फत आफन्तलाई बुझाईने गरि सम्वन्धीत जिल्लामा पठाइएको छ ।