२६ जेष्ठ,नेपालगञ्ज/ नेपाल बिधुत प्राधिकरणले आफैले बनाएको ऐन, नियम, नियमावली र बिनियमावली सबै लत्याएर जनताबाट करोडौं रकम गैर-कानुनी रुपमा असुली गरिरहेको पाइए पनी त्यसलाई नियन्त्रण गर्नै राज्यका निकाय देखी पिडितहरु उपभोक्ता समेत सबका सब मौन बसीरहेका छन ।
नेपाल बिधुत प्राधिकरणले उपभोक्तालाई बिधुत सेवा उपलब्ध गराए वापत नेपाल बिधुत प्राधिकरण बिधुत बितरण बिनियमावली २०६९को परिच्छेद ४ मा बिधुत महशुल, दस्तुर एवं अन्य रकम सम्बन्धी व्यवस्था र लाइन काटिने शिर्षक अन्र्तगत मशसुल लिने ब्यवस्था गरेको छ ।
उक्त ब्यवस्था अनुसार कही कतै सेवा शुल्क उठाउने बिनियमावलीमा उल्लेख गरिएको छैन तर नेपाल बिधुत प्राधिकरणले मनपरि रुपमा बिगत केही बर्ष देखी बिधुत उपभोक्ताहरुको बिलमा मनपरि रुपमा कहिल्य न्यूनतम चार्जका नाममा, कहिल्य सर्भिस सेवाको नाममा बिधुत खपत भन्दा अतिरिक्त पैसा उठाईरहेको छ ।
बिधुत उपभोक्ताहरुले बिधुत खपतको लागत पैसा दिएर पनी छुटटै सेवा शुल्क किन उठाएको पश्न गर्दा माथीको आदेशबाट उठाएको बाहेक भरपर्दो उत्तर दिन नसकेको उपभोक्ताहरुले गुनासो गर्दै आइरहेका छन ।
नेपाल बिधुत प्राधिकरणले यसरी आफना १०६ वटा बिधुत बितरण केन्द्र बाट ३५ लाख ५१ ह्जार २ सय २६ जना ग्राहकबाट प्रती ग्राहक रु १०० का सरदरले मासिक ३ अरब ५५ करोड १२ लाख २६ हजार रुपैया उपभोक्ताबाट गैर कानुनी रुपमा असुली गरिरहेको छ ।
एकातिर बिधुत चुहावटको नाममा करीब १६ प्रतीशत खपत भएको बिधुतको हिसाब देखाउन नसक्ने नेपाल बिधुत प्राधिकरण उपिया जस्तै नेपाली जनतालाई बिधुत उपलब्ध गराएको नाममा मनलाग्दी असुली गर्दा समेत उपभोक्ता देखी गैर कानुनी कार्य रोक्ने निकाय समेत तै चुप मै चुप भएका छन ।

हाम्रो संरचना । ४ मंसिर २०७५, मंगलवार १०:४६