कपिलवस्तुमा स्थानीय युवा नेता चौधरीको गोली हानी हत्या

८ मंसिर,कपिलवस्तु/  पहिलो पटक भएको प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्र कुमार चौधरीको कपिलवस्तुमा गोली हानी हत्या भएको छ ।

शुक्रबार राति ३ जनाको समूहमा आएको समूहले शुद्धोधन गाउँपालिका वडा नम्बर४, मोतीभारीका राजाबाबु भनिने स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरेको हो ।

टाउँकोमा गोली लागेका चौधरीको तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु ीज्ललँ निर्वाचन ष्ँेत्त नंमब्र १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बनेका थिए ।

सो घटनामा संलगन भएकामध्ये २ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र थप अनुसन्धान गरिरहेको कपिलबस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनु भएको छ । प्रहरीले घटनास्थलमा गोलीका ४ वटा खोका भेटाएको छ ।