८औं राष्ट्रिय खेलकुद प्रतियोगिता: ३५ वटा खेल समाबेस, मंसिर१४-२१ सम्म खेलाडी छनौट, राष्ट्रिय गौरव र अन्तराष्ट्रिय प्रतियोगिताको आधार बनाउने गरि भौतिक पूर्वाधार निर्माण कार्य जारि:- सदस्य सचिव केशब

८ मंसिर, नेपालगञ्ज/ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब बहादुर विष्टले यसै बर्षको अन्तमा हुने गरि निर्धारण गरिएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुनेगरि परिषद लागेको बताउनु भएको छ ।

सदस्य सचिव केशब बहादुर विष्टले शुक्रबार मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारी भईरहेको बिषयमा जानकारी दिदै नेपालगञ्ज र यस वरपर खेल खेल्ने गरि निर्धारण गरिका खेलहरुको महाकुम्भ समयमा नै सम्पन्न गरिने बताउनु भयो ।

राष्ट्रिय गौरब र अन्र्तराष्ट्रि प्रतिस्पर्धाका लागी खेलाडीहरुलाई तयार गर्ने गरि राष्ट्रिय खेलकुद प्रतियोगिता हायोजना गरिने भएकाले यसका लागी सबै सकारात्मक भएर लागी दिन समेत विष्टले बताउनु भएको छ । 

भौतिक पूर्वाधार निर्माण कार्य सुस्त भएको जनगुनासो सम्वन्धीत पक्षहरुको आईरहेको समयमा भौतिक पूर्वाधार निर्माणको स्थलगत अवलोकन पश्यात नेपालगञ्जमा सदस्य सचिव बिष्टले पत्रकार सम्मेलनमा अब कुनै पनि कारणले प्रतियोगिता सार्नु पर्ने अवस्था हामीले देखेका छैनौं । तोकीएकै समयमा खेल सम्पन्न हुन्छ । तर, सरकारले समयमै बजेट निकासा नगर्ने हो भने आफूहरुले चाहेर मात्र हुँदैन ।

यसअघि मंसिरमा गर्ने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेर माघ २५ गतेदेखि फल्गुन २ गतेसम्म गर्ने राखेपको बोर्ड बैठकको निर्णय गरेको छ । प्रतियोगिताको मिति अब नसर्ने आश्वस्त पार्दै सदस्य सचिव बिष्टले भने–‘जिल्लास्तरको छनौट प्रक्रियाको काम सुरु भईसकेको छ ।
मंसिर १४ देखि २१ गतेसम्म जिल्लाबाट खेलाडी छनौट गरी डेढ महिना प्रशिक्षण पछि प्रदेश स्तरीय प्रतियोगिता हुन्छ । जहाँबाट छनौट भएका खेलाडीहरुलाई १० दिन बन्द प्रशिक्षणमा राखेर फागुन २५ गतेदेखि हुने राष्ट्रिय प्रतियोगितामा सहभागि गराईनेछ ।

सदस्य सचिव बिष्टले भौतिक पूर्वाधार निर्माणको काममा सरोकार राख्नेहरुलाई आफूले समयमै काम सम्पन्न गर्ने गरी तत्परता देखाउन र प्रत्येक हप्ताको प्रगति विवरण बुझाउन निर्देशन पनि दिईसकेको बताउँदै कुन प्रतियोगिता कहाँ हुन्छ भन्ने अबको १० दिन भित्रमा टुंगो लाग्ने जानकारी दिनुभएको छ ।
आठौं राष्ट्रिय प्रतियोगितामा ३५ वटा खेलमा प्रतिस्पर्धा गराउने र यो पटक प्याराग्लाईडिङ खेल थपेर स्नुकर र ब्लियर्ड हटाईएको जानकारी दिनुभएको छ । प्याराग्लाईडिङ खेल भौतिक पूर्वाधारको अभावमा पोखरामा गर्ने जानकारी दिदै अन्य सबै खेलहरु ५ नम्बर प्रदेश मै आयोजना हुनेमा अधिकांस नेपालगञ्ज रंगशालामा सम्पन्न गरिने छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम सरदर ५० प्रतिशत सम्पन्न भएको छ । सदस्य सचिव बिष्टका अनुसार प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको कुनै काम सम्पन्न भएका छन, कुनै भएकै छैनन् भने कुनै काम अन्तिम चरणमा छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणतर्फ करिब १ अर्ब ११ करोड रुपैयाँ माग गरिएकोमा सरकारले अहिलेसम्म करिब ३८ करोड उपलब्ध गराएको छ । त्यस्तै प्रतियोगिता आयोजनाका लागि आवश्यक ४२ करोड रुपैयाँमध्ये सरकारले अहिलेसम्म १८ करोड रुपैयाँ उपलब्ध गराएको छ । सदस्य सचिव बिष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।