एसइई परीक्षा चैत १० गते बाट: प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने (परिक्षा समय तालीका सहित)

१३ मंसिर, नेपालगञ्ज/ यस वर्षको कक्षा १० (एसइई) परीक्षा आगामी चैत १० गतेबाट सुरु हुने भएको छ । शिक्षा ऐन अनुसार एसइई कक्षा १० को परिक्षा प्रदेश स्तरमा सञ्चालन हुने व्यवस्था भए पनि प्रदेशमा संरचना तयार नभएकाले प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेश स्तरबाट तयार भईरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । गत बर्ष वर्ष चैत ८ बाट एसइई परीक्षा सुरु भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको जानकारी दिनुभएको छ । उहांले देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको र गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएकोमा बिखर्थी यस बर्ष पनी सोही संख्याको हाराहारीमा  सहभागी हुने अनुमान गरिएको बताउनु भएको छ। यस बर्षको एसइई प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताउनुभएको छ ।

सातवटै प्रदेशका सामाजिक मन्त्रालयले एसइईको उत्तरपुस्तिका छपाइका लागि सम्झौता गरेका छन् । उनीहरूले जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता गरी छपाइको प्रक्रिया अघि बढाएका हुन् । प्रदेशका कतिपय सामाजिक विकास मन्त्रालय र केही प्रदेशको क्षेत्रीय शिक्षा निर्देशनालयले सम्झौता गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमिल्सिनाले बताउनु भएको छ । उत्तरपुस्तिकाका पुससम्म छपाइको काम हुने बताईएको छ ।