बांकेको ढकेरीमा हेफर ईन्टरनेशनलको सहयोगमा निर्माण गरिएको “बाँके बाख्रा व्यावसाय केन्द्र” मन्त्री चक्रपाणी द्धारा उद्घाटन

  • १६ मंसिर,ढकेरी (बाँके)/ नेपाली किसानहरुको आयस्तर बृद्धि गराउने उद्देश्यले बाँकेको रोप्तीसोनारी गाउंपालीका वडा नम्बर ८ ढकेरीमा हेफर ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको “बाँके बाख्रा व्यावसाय केन्द्र”को आईतबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले एक समारोह बीच उद्घाटन तथा हस्तान्त्रण गर्नुभएको छ । 

बांकेका बिभिन्न् क्षेत्रमा रहेका किसानहरुले उत्पादन गरेका खसि /बोका र बाख्राको एकिकृतरुपमा संकलन गरी बजारीकरणका लागी सहजीकरण गर्ने उद्देश्यले ढकेरीमा स्थापना गरिएको बाँके बाख्रा व्यावसाय केन्द्रको आईतबार संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले केन्द्रको उद्घाटन तथा हस्तान्त्रण गर्नुभएको हो ।

उक्त केन्द्रको उदघाटन समारोहमा संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषिलाई आधुनिकिकरण गर्दै प्रविधिसंग जाडेर कृषि क्षेत्रको विकासको लागि आधुनिक प्रविधिको प्रयोग हुन अती आवश्यक रहेकोले संघीय सरकार त्यसका लागि सकारात्मक रुपमा लागेको जानकारी दिनुभएको छ ।

मन्त्री खनालले नेपालको पशुपक्षी तथा कृषिको आधुनिकीकरण गरि विकास गर्न सकेमात्र नेपाली किसानहरुको आयस्तरमा बृद्धि गरेर मुलुकलाई समृद्ध गराउन सकिने भएकाले नेपाल सरकारले किसानसंग लक्षीत कार्यक्रममा प्रथाकिमता दिएको बताउनु भएको छ ।

सोही कार्यक्रममा हेफर इन्टरनेशनलका कन्ट्री डाईरेक्टर डा. शुभ नारायण महतोले समाजिक उधमी जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा सो केन्द्रका सञ्चालक गंगा चन्द ठकुरीलाई हस्तान्त्रण गरेको घोषण गर्नुभएको थियो ।

महतोले ग्रामिण क्षेत्रमा गृहणी कार्यमा ब्यस्त महिलाहरु एकिकृत भएर हेफर इन्टरनेशनलको सक्रियतामा निर्माण गरिएको सामाजिक उधमी महिला सहकारीले व्यावसायीकरुपमा बाख्रा पालन तथा खसी संकलन केन्द्र खोलेर सञ्चालन गर्ने कार्य मुलुककै उदाहरणिय कार्य भएको बताउनु भएको थियो ।

सो कार्यक्रममा ५ नंम्बर प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानसंँग जोडिएर किसानको हितमा हुने कार्यक्रम लागू गर्ने योजना बनाएको जानकारी दिनुभएको थियो । मन्त्री पौडेलले संघिय सरकारले किसान लक्षीत बनाएका कार्यक्रा तथा प्रदेश सरकारले पनी समन्वय गरेर योजनामा सहकार्य गर्नुको साथै प्रदेस सरकारले पनि किसानको माग अनुसारको योजना लागु गरिरहेको बताउनु भएको थियो । 

बाख्रा र दुधको आपूर्तीमा योगदान दिने उदेश्यले हेफर ईन्टरनेशनलले बाँकेको राप्ती सोनारीका विभिन्न वडाहरुमा गृहणी महिलालाई व्यवसायिक तालिम दिनुको साथै उनीहरुको उत्पादनलाई बजारसंग जोड्नलाई पनि सहयोग गरेको हेफर ईन्टरनेशनलका निर्देशक डा. तिर्थराज रेग्मीले बताउनु भएको थियो।

समाजिक उधमी जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष तथा सो केन्द्र सञ्चालक गंगा चन्द ठकुरीले हेफरको सहयोगमा आर्थिक बर्ष २०७२/०७३ देखि बाख्राको कारोबार सुरु गरेको जानकारी दिदै आर्थिक वर्ष २०७२/०७३मा १ हजार २ सय २९ खसी, आर्थिक वर्ष ०७३/०७४ मा २ हजार २ सय ३५ र आर्थिक वर्ष ०७४/०७५ मा ४ हजार ५ सय ९ खसि संकलन गरी बिक्रि गरेको जानकारी दिनुभएको थियो । गंगाले बजारीकरणमा सहकारीले भोगेका चुनौती र झमेला आईपरेकाले सम्वन्धीत निकायले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो। 

ढकेरीमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्रको रुपमा विकास गरिएको निर्माण गरिएको यसलाई बिस्तार गरि उक्त केन्द्रमा खसीरबाख्राको संख्यामा बृद्धि गर्दै व्यावसाय सञ्चालन गर्ने र आगामि २ वर्ष भित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी विक्रि बितरण गर्ने योजना रहेको सो अवसरमा जानकारी गरार्यएको थियो । सोह अवसरमा प्रदेश सांसद नमुना केसी लगायतले पनी बोल्नु भएको थियो ।