नेपाल–भारत सिमानामा लागु औषध कारोबारमा बृद्धिः बर्दियाको मधुवनबाट ३० ग्राम ब्राउन सुगर सहित १ जना भारतिय पक्राउ

१९ मंसिर,बर्दिया/  जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रहरी टोलीले बुधबार दिउसो करीब ३ बजे बर्दियाकै बधुवन नगरपालीकाको वडा नम्बर ८ बाट ३० ग्राम लागु औषध ब्राउन सुगर सहित १ भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार सांझ नै पत्रकार सम्मेलनको आयोजना गरि दिएको जनाकारी अनुसार प्रहरीले बिशेष सूचनाका आधारमा भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको मोतीपुर थाना अन्र्तगत नेपालको बर्दिया जिल्लासंग सिमाना जोडिएको मिहिपुरुवा निवासी बर्ष २५ को बिमलेश कुमार हरिजनलाई ३० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

बर्दियाको सिमावर्ती क्षेत्रहरु बढयाताल, गुलरिया र मधुवन क्षेत्रमा ब्राउन सुगरको मुख्य सप्लायर्सको काम गर्दे आएको हरिजनलाई मधुवन नगरपालीकाको वडा नम्बर ८ मा ब्राउन सुगर बोकी पु–याउन गईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले पत्रकार सममेलन मार्फत जानकारी दिनुभएको छ ।

हरिजनबाट पक्राउ परेको ब्राउन सुगरले एकै पटक सेवन गरेमा करिब ५सय ५० जनालाई प्रभाबित पार्न सक्ने पक्राउ परेको ब्राउन सुगरको मुल्य अन्दाजी करीब २ लाख रुपैया रहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनी पढनुहोस………

नेपाल-भारत सिमा क्षेत्रमा दैनिक जसो लागु औषध कारोबारी पक्राउ: दक्षिण एशियामा लागु औषधको प्रयोग हुनेमा भारत-१ नम्बरमा, त्यसको असर नेपालमा