पाल्पामा बिहीबार बेलुकी भएको जीप दुर्घटनामा चालक सहित ४ जनाको ज्यान गएको छ ।
पाल्पा, पूर्वखोला गाँउपालिकाको जल्पाबाट बहादुर पुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना हुँदा चालक २२ वर्षीय वीरेन्द्र राना सहित ४ जनाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएका ५ जनालाई उपचारका लागि सदरमुकाम तानसेन पठाइएको अध्यक्ष सारुले बताउनुभयो । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको स्थानीय सपना सारुले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव निकाल्ने प्रयास भैरहेको जनाइएको छ ।
हाम्रो संरचना । २७ मंसिर २०७५, बिहीबार २२:५३