दाङमा पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी र शिक्षक चढेको बस दुर्घटना, २३ जनाको मृत्यु १४ जना घाईते update..

Photo: Kantipur

६ पुस, दांग/  दाङको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस शुक्रबार साँझ दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ।

सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो। बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका ३४ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको बताईएको छ

बोटनी सम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पती उद्यान, छायाक्षेत्र गएर फर्किएका घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थीहरू चढेको बस सडकबाट करीब ७ सय मिटर तल खसेर दुर्घटना भएको घटनास्थलमा पुगेको प्रहरी जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागी शुक्रबार राती नै कोहलपुर मेडीकल कलेजमा ल्याइएको छ । बसमा ३४ जना विद्यार्थी, दुई शिक्षक र चालक थिए ।
उक्त घटनामा घाईतेहुनेहरुमा

दुर्घटनामापरी मृत्यू हुनेको विबरण:-

१. जिल्ला जुम्ला चंन्दननाथ न.पा.६ बस्ने बर्ष १६ कि कुसुम रावल ( निजको दाजु बिजय रावल ले लासबुझेका)

२. जिल्ला दाङ बबई गा.पा.५ बस्ने बर्ष २१ की कबिता खत्री
३. जिल्ला जाजरकोट भेरीगंगा न.पा. ४ बस्ने बर्ष १७ को आतिस नेपाली ठिक (लास निजको बुवा उदाम नेपालीले बुझेका )
४. जिल्ला कन्चनपुर कृष्णपुर न.पा.५ बस्ने बर्ष १७ को खेमराज भट्ट ( निजको बुवा सत्यलाल भट्टले लास बुझेका )
५. जिल्ल जुम्ला चन्दननाथ न.पा.३ बस्ने बर्ष १७ को हिक्मत बोहरा
६. जिल्ला दाङ घोराही उ.म.न.पा.१७ बस्ने बर्ष २८ को प्रदिप घमिरे ठिक( लास निजको अंकल पदम प्रसाद घिमिरेले बुझेका) शिक्षक
७. जिल्ला दाङ दंगिशरण गा.पा.१ बस्ने बर्ष २० को संजित रतगैया
८. जिल्ला जुम्ला (साबिक बिराट गा.बि.स. -४) कन्कासुन्दरी गा.पा.५ घर भएको बर्ष २० को बिरेन्द्र कडारा कोहलपुर पुगी उपचार को क्रममा ७ गते ०८०५ बजे नर्सिङहोम नेपालगंज बाँकेमा मृत्यु भएको ।
९. जिल्ला रुकुम भुमे गा.पा.६ बस्ने वर्ष २८ को नरेस वली ( निजको दाजु सर्क ब.वलीले बुझेको )
१०. जिल्ला दाङ घोराही १४ बस्ने बर्ष १९ को बिजय घर्ती
११. जिल्ला जुम्ला हिमा गा.पा.५ बस्ने बर्ष १७ की शैलजा शाही
१२. जिल्ला दाङ घोराही ३ बस्ने बर्ष २६ को मदन खत्री क्षेत्री बस चालक
अन्यको सनाखत हुन बाकी

दुर्घटनामा घाइतेको विबरणः

१. जिल्ला जुम्ला तातोपानि गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने
२. ऐ चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै उपचार हुदै सिरियस
३. जिल्ला कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने ।
४. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को बिक्रम भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
५. जिल्ला रुकुम त्रिबेणी गा.पा.६ बस्ने बर्ष १७ को प्रेम बहादुर खड्का, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
६. जिल्ला दाङ घोउमनपा १७ स्यूजा बस्ने बर्ष १७ की मनिका रिजाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
७. जिल्ला जुम्ला चन्दनाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
८. ऐ.ऐ. ४ बस्ने बर्ष १६ की बर्सा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै अबस्था सुधार हुदै सामान्य

९. जिल्ला अछाम मंलगसेन नगरपालिका वडा नं.५ बस्नेबर्ष १८ को यूवराज ढुंगाना, (अवस्था सिरियस) कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

१०. जिल्ला रुकुम सानीभेरी गा.पा. २ बस्ने बर्ष १६ की रोजिना पुन, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस
११. जिल्ला दाङ घोराही उप-महानगरपालिका १४ बस्ने बर्ष २० को संजय खनाल, रिफर नर्सिङहोम नेपालगंजमा उपचार हुदै सिरियस

१२. जिल्ला रुकुम सानोभेरी गा.पा.१० अर्मा बस्ने बर्ष १७ को राजन डागी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

१३. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को भद्र बिष्ट, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने

१४. जिल्ला रोल्पा परीवर्तन गा.पा.४ बर्ष १७ को प्रकाश वली, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस