नबी अहमद
१४ पुस, नेपालगञ्ज/ नेपाल–भारत सिमा क्षेत्र रुपैडिहामा कार्यरत भारतिय सिमा सुरक्षा बलले शुक्रबार सांझ ६ किलो चरेश सहित बांके कोहलपुरका १ जना नेपाली युवालाई पक्राउ गरेको भारतिय सिमा सुरक्षा बलले जानकारी दिएको छ ।
मानव तस्करी एवम लागु औषध ओसार पसार रोकथामका लगायत अन्य अपराध नियन्त्रणका लागी सिमा क्षेत्रमा परिचालीत गुप्तचरहरुको बिशेष सुचनाको आधारमा शुक्रबार सांझ नेपाल–भारतको सिमाना रहेकमो पिलर संख्या ३०÷६ अर्थात बांकेको पूर्बी क्षेत्रबाट भारत तर्फ जादै गर्दा पक्राउ गरिएको एसएसबीले बताएको छ ।
रुपैडिहामा परिचालित भारतिय सिमा सुरक्षा बल(एसएसबी) का टुकडीका प्रमुख सहायक सेना नायक सुकुमार देव बर्मनका अनुसार शुक्रबार सांझ नेपालको बांके जिल्ला कोहलपुर नगरपालीका वडा नम्बर १० का अमर बहादुर सिह ६ किलो लागु औषध चरेस सहित भारतिय सिमा क्षेत्रमा पक्राउ परेको र उक्त ब्यक्तीलाई आवश्यक थप अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ । नेपालमा जस्तै भारतमा पनी चरेशलाई लागु औषध अन्र्तगत गैर कानुनी कारोबारमा कडा सजायको ब्यवस्था रहेको छ ।
हाम्रो संरचना । १४ पुष २०७५, शनिबार ०५:५०