नेपाल–भारत सिमा क्षेत्रका सिमा स्तम्भ र नोमेन्स लाईन चुस्त दुरुस्त राख्ने दुबै देशका अधिकारी बीच सहमती

१४ पुस, नेपालगञ्ज/  नेपाल र भारतका सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको त्रैमासिक रुपमा नियमित हुदै आएको बैठकले सिमा स्तम्भ अध्यावधी गर्ने सहमती भएको छ ।
शुक्रबार भारतको नानपारामा बसेकोे नेपाल र भारतका अधिकारीहरुको बैठकले नेपाल–भारत सिमा क्षेत्रमा दुबै सरकारको उच्च स्तरिय टिमले अध्यावधी गरिएका सिमा स्तम्भ हराउने र क्षतीग्रस्त भएका बिषयमा पुर्नर निर्माण तथा अध्यावधी गर्न कार्यमा एक अर्कोलाई सहयोग गर्ने आश्वासन सहितको सहमती गर्नुभएको हो ।

नेपाल-भारतका सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको हरेक ३ महिनामा हुदै आएको नियमित बैठकमा यस पटकको बैठकमा सिमा स्तम्भको बिषयले प्रबेश पाएको हो ।

बैठक आयोजक जिल्ला युपी बहराइचका प्रमुख जिल्ला अधिकारी माला श्रीवास्तव र नेपालको कपिलबस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको सयुंक्त अध्यक्षतामा भारतको बहराइच जिल्लामा पर्ने नानपारा स्थित भारतिय सुरक्षा बल एसएसबीको छैठौं बटालियनको मुख्यालयमा रहेको कर्तनिया ब्लकमा शुक्रबार बैठक सम्पन्न भएको हो ।

बैठकमा नेपाल–भारत सिमा क्षेत्रमा पटक–पटक सिमा स्तम्भको बिषय उठने गरेकाले दुबै देशका नापी बिभागका कर्मचारीहरु समेत सहभागी उक्त बैठकले सिमानामा क्षती ग्रस्त, हराएका र नयां सिमा स्तम्भ निर्माणका लागी भारतको बलरामपुरबाट सुरु गर्ने सहमती भएको भारतिय पत्रकार नबी अहमदले जानकारी दिनुभएको छ ।

बैठकमा नेपालको तर्फबाट नापी बिभागका प्रमुख उमेश कुमार र भारतको तर्फबाट अनुराग कुमार शर्मा समेत नापी बिभागका अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको उक्त बैठकमा एक अर्का बीच आपसी समन्वय र सहयोगबाट दुई देश बीचको सिमा स्तम्भ पुर्नर निर्माणमा सहयोग गर्न सबै पक्षसंग आग्रह गर्नुभएको थियो ।
बैठकमा सिमा स्तम्भ लगायत नो मैन्स ल्याण्डको सर्वे गरि अतिक्रमण हटाएर चुस्त दुरुस्त राख्ने, सिमा क्षेत्रमा अपराधीक तथा अबाञ्छीत क्रियाकलाप रोकथामका लागी एक अर्कालाई सहयोग गर्ने दुबै पक्षका सुरक्षा अधिकारीहरुले एक अर्कोलाई बिश्वास र भरोसा दोह–याउनु भएको थियो ।

बैठकमा नेपालको तर्फबाट कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको नेतृत्वमा दांग जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, नापी बिभागका सर्बे अधिकारी उमेश कुमार समेत रुपन्देहीका जनक भण्डारी,सर्वे आफिसर पवन कुमार खत्री र भगीरथ भटट, एसपी शसस्त्र पुलिस कपिलवस्तु दीपक अधिकारी, रुपन्देहीका शुदर्शन सिलवाल, दांगका तुलसीराम दाहाल, एसपी नेपाल पुलिस कपिलवस्तु अचुत पुडासैनी, रुपन्देहीका हृदय थापा, दांगका बेल बहादुर पाण्डेय, राष्ट्रिय अनुसन्धानका कपिलवस्तु नन्द कुमार धीतल, एसपी रुपन्देीका कमल प्रसाद भट्टाराइ, दांगका टेक राज तिमिलसेना, डीएफओ कपिलवस्तु दुर्गा बहादुर कार्की, रुपन्देहीका भरत बाबू श्रेष्ठ दांगका शंकर प्रसाद गुप्ता, राजेन्द्र प्रसाद पाण्डेय, सर्वे आफिसर पवन कुमार खत्रीको सहभागीता रहेको थियो ।

भारतको तर्फबाट बहराइचका प्रमुख जिल्ला अधिकारी माला श्रीस्वास्तवको नेतृत्वमा बहराइच,बलरामपुर जिल्लाका सुरक्षासंग सम्वन्धीत सुरक्षा अधिकारीहरु, नापी ,बन बिभागका अधिकारीहरु लगायतका ब्यक्तीहरुको जम्बो टिमको सहभागीता रहेको थियो ।

उक्त टिममा एडीएम बलरामपुर महेन्द्र कुमार सिंह, एसडीएम नानपारा प्रभाष कुमार प्रशिक्षु आईएएस, मोतीपुरका कीर्ति प्रकाश भारती, सिद्धार्थ नगरका अनिल कुमार र महाराजगंका राजेश कुमार, पुलिस क्षेत्राधिकारी तुलसीपुर करनवीर सिंह, एएसपी बहराइच रवीन्द्र कुमार सिंह, पुलिस क्षेत्राधिकारी नानपारा वीपी सिंह, एसडीओ वन बहराइच प्रकाश चन्द्र पाण्डेय, आरओ रूपईडिहा अहमद कमाल सिद्दीकी, सर्वे आफिसर आफ इण्डिया अनुराग कुमार शर्मा, डिप्टी कमाण्डेन्ट छैंठौं बटालियन एसएसबी बृजेश सिंह प्रतिहार, सेकेण्ड इन कमाण्ड आशीष नैथानी, छैंठौं बटालियन एसएसबीक्ँ कमाण्डेन्ट अशोक कुमार ओला, सर्वे अफ इण्डियाक्ँ विपिन कुमार चैधरी, अनिल जोएल र मलिक राम वर्मा, एलआईयू इंस्पेक्टर सुमित दुबे, एसपीओ बलरामपुर अवध बिहारी सहभागीता रहेको थिाये ।