पर्साको बिरगञ्जबाट १६० के.जि.चरेश सहित १ जना मानिस र ट्रक पक्राउ

Photo : DPO Parsa

१६ पुस, बीरगञ्ज/  पर्सा जिल्ला वीरगञ्ज महानगरपालीका वडा नं.३१ लालपर्सा स्थित कमल ईटा भट्टाबाट  बीरगञ्ज प्रहरीले १६० केजी चरेश सहित १ जनालाई पक्राउ गरेको छ ।
बीरगञ्जको परवानीपुर देखि मिलनचोक जाने सड्क खण्डमा मकवानपुर जिल्ला मनहरीबाट वीरगंज तर्फ आउँदै गरेको ना.४ ख.२९८५ नं.को ट्रकमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच उक्त ठुलो मात्रामा चरेश फेला परेको हो ।

ट्रकको बडि र क्यावीनको बिचको भागमा फल्स बटम बनाई लुकाई छिपनई बिरगञ्ज तर्फ पूतिबन्धीत लागुऔषध १६० के।जी। चरेश सहित ट्रक चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालीका वडा नं।१२ पदमपोखरीका २९ बर्षिसागर वल र ट्रकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।