१८ करोड भन्दा बढी गैर कानुनी सम्पती आर्जन गरेको अभियोगमा गोपाल खडका बिरुद्ध अख्तियार द्धारा बिशेष अदालतमा मुद्धा दायर

२३ पुस, नेपालगञ्ज/  कानुन बिपरित सम्पती आय–आर्जन गर्ने जुन सुकै ब्यक्ती वा संस्थालाई नेपाल सरकारको मातहत निकायले भ्रष्टाचार मुद्धा मार्फत कडा कार्बाहीको थालनी गरेको छ ।
कानुन बिपरित सम्पती कमाएको अभियोगमा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार १८ करोड ६६ लाख ५ हजार विगो दाबी गर्दै विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको छ ।

खड्काले पदमा रहँदा कानुन बिपरित कमाएको १८ करोड भन्दा बढी सम्पतीको स्रोत नखुलेकोले त्यसरी अकुतरुपमा सम्पती गैर कानुनी रुपमा आर्जन गरेको आरोप सहित अख्तियारले छानबीन गरि कार्बाहीका लागी विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले प्रेस बिज्ञप्ती प्रकाशित गरि जानकारी दिनुभएको छ । \

त्यसैगरि आयोगले गोपाल खड्काको सम्पती लुकाउन सहयोग गर्ने आफन्तहरु विरुद्ध पनि मुद्दा दायर गरिएको छ । अख्तियार द्धारा सोमबार जारि गरेको प्रेस बिज्ञप्ति अनुसार अगाढी भनीएको छ :- गोपाल बहादुर खड्का विरुद्ध १८ करोड भन्दा बढी गैर कानूनी सम्पती आर्जन गरेको अभियोगमा मुद्दा दायर गरि अनका सहयोगीहरुको ब्यक्तिको नाममा लुकाई राखेको ७ करोड भन्दा बढीको सम्पती समेत जफतको मागदाबी प्रमाणको रूपमा रु.८९ लाख ८९ हजार रुपैया नगदै नै अदालत दाखिला गरिएको छ ।

गोपालबहादुर खड्काले गैरकानूनी सम्पती आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्काको समग्र आय र व्ययको विश्लेषण गरिएको छ ।
जसमा गोपालबहादुर खड्काले
पारिश्रमिकबाट जम्मा रु. ४०,५७,१५५।४७,
जग्गा बिक्रीबाट जम्मा रु. ५८,७५,०००।
ऋण सापटीबाट जम्मा रु. ५,३३,३६,०००।
घर भाडाबाट रु. १३,५६,०००।(,
नोकरीबाट अवकाश हुँदा रु. २९,२२,६९८।२८,
पेन्सनबाट रु. १४,७८,४८२।२४,
विप्रेषण आयबाट प्राप्त रु. ८,२६,९१३।५४,
गाडी बिक्रीबाट रु. ३५,००,०००।
निजको छोरा बुहारीको पारिश्रमिकबाट रु. ११,०४,००३।–
जम्मा रु. ७,४४,५६,२५२।५३
निजले विभिन्न शीर्षकको आय रु.१,२०,१३,४९९। समेत गरी रु. ८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो ।

गोपालबहादुर खड्काको खर्च तथा लगानीतर्फ
पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानी समेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो ।

निजले घरजग्गा खरिदमा रु.११,६१,४३,२०६।३१,
विभिन्न कम्पनीको शेयर खरिदमा रु.१,०६,०४,०००।
ऋणको सावाँ ब्याज भुक्तानीमा रु. ४,२२,९६,२३९।९९,
व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००।
विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु. १,१७,७५,०००।
छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५,१४,६९५।
गाडी खरिदमा रु. १,१७,४२,०००।
विभिन्न बैंकका ब्त्ः बाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १,८०,१६,४४६।८२
विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २,७१,५३,४२१।६४
समेत गरी जम्मा रु.२५,२८,०५,००९।७६ र
विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु.२,०२,७०,३७१।–
जम्मा रु. २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको पाईएको छ ।

लगानीमा गोपालबहादुर खड्काको स्रोत खुलेको आय रु.८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु. १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा रु.१८,६६,०५,६२९।२३ गैरकानूनी रूपमा आर्जन गरी निज गोपालबहादुर खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु.१८,६६,०५,६२९।२३ (अठार करोड छयसठ्ठी लाख पाँच हजार छ सय उनान्तीस रुपैयाँ तेइस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२०, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारको बिज्ञप्तीमा जनाईएको छ ।

आयोगको बिज्ञप्तीमा भनीएको अगाढी भनीएको छ : खडकाले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स.वडा नं. २ घर भईकाठमाण्डौंको बूढानीलकण्ठ नगरपालीका वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६९ग० तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ९ख० बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।
अमिता लामा सोदेम्बाको नाममा जम्मा रु। ७,५४,५७,८७५। बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो ।

१। जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००। मा खरिद गरेको घर नं.३२ ।
२। जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स.वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५। मा खरिद गरेको ८ आना जग्गा ।
३। मूल्य रु. ८४,४६,०००। मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी ।
४। जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।
५। अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।
दशी प्रमाणको रूपमा नगद दाखिला
जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७  मा रोडशो रियल स्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू.८९,८९,०००। भुक्तानी दिएकोमा रोड शो रियलस्टेट प्रा.लि. ले पत्र सहित उक्त रकम बराबरको न्ययम good for payment चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००। जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ ।
आयोगका सह.सचिव एवं प्रवक्ता रामेश्वर दंगालले जारि गरेको बिज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित शीर्षक