नेपालीहरुलाई जापानमा रोजगारीका बिषयमा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत बीच भेटघाट

२३ पुस,काठमाण्डौं/ नेपालले जापानमा कामदार पठाउँदा छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सोमबार कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने छलफल भएको छ।
नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत मन्त्री बिष्ठले बताउनु भएको छ।
दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापानमा कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको मन्त्री बिष्ठले बताउनु भएको छ ।
भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताउनु भएको थियो। उहांले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी दिदै नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधि समूह यहि आगामी माघमा नेपाल आउँने पनि बताउनु भएको छ ।