राष्ट्रको समृद्धिको डुंगा पार लगाउन मन्त्री पौडेलको आग्रह

२५ पुस, नेपालगञ्ज/  ५ नम्बर प्रदेशकोे भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले राजनितिक परिवर्तनका लागी पटक-पटक योगदान दिएका नेपाली जनतालाई अब  राष्ट्रको समृद्धिको लागी लाग्न अनुरोध गर्नुभएको छ ।

हेफर इन्टरनेशनल नेपाल र मिडिया एक्सन नेपालको सह कार्यमा मध्यपश्चिमका ६ जिल्लाका पत्रकारहरुका लागी कृर्षि तथा आर्थिक विकासका लागी सञ्चारकर्मि तथा पत्रकारहरुका लागी आयोजना गरिएको कार्यशाला गोष्ठीको समापनको अवसरमा आफनो बिचार ब्यक्त गर्दै मन्त्री आरती पौडेलले हामी सबै नेपाली जनता समृद्धिको ढुंगामा चढेका छौ त्यो ढुंगा पार लगाउन सबै लाग्नुपर्ने बताउनु भएको हो ।

५ नम्बर प्रदेश सरकारले प्रदेशको समृद्धिका लागी यान्त्रीकरण गरिएको ब्यवसायिक कृर्षि, प्रर्यटन र उद्योगको विकास मार्फत समृद्धिको बाटो तय गरिएको सो अवसरमा जानकारी दिनुभएको छ ।

५ नम्बर प्रदेशका सबै ५२ वटा स्थानिय निकायमा १/१ वटा स्मार्ट कृर्षि केन्द्रका् रुपमा विकास गरि एक स्थानिय निकायमा एक बिशेष ब्यवसायीक पकेट केन्द्रको रुपमा स्थापना गर्ने निति तथा कार्यक्रम अघी सारिएको त्यसका लागी मन्त्रालयबाटै स्थलगत अनुगमन गरि कार्यक्रम अगाढी बढाइएको बताउनु भयो ।

स्मार्ट कृर्षि केन्द्र स्थापनाका लागी भुमिहिन किसानलाई करारमा खेती गर्न सरकारले सहयोग गर्ने र गाउं–गाउंमा खुलेका सहकारीलाई साथमा लिएर कृर्षिको उत्पादन बढाएर बिचौलिया हटाएर किसानले उत्पादन गरेको बस्तुको मुल्य आफै तोक्न सक्ने गरि सरकारले निति तथा कार्यक्रम अघी सारेको बताउनु भयो । पौडेलले भन्नु भयो “ बारिमा खटिने किसानको वास्तबिक पहिचान गरि शुलभ कर्जा, बिमा र अनुदान जस्ता काम सरकारले गर्ने निति अंगिकार गरेको बताउनु भएको थियो ।”

उक्त गोष्ठीको समापनको अवसरमा सञ्चारकर्मिहरुलाई पनी रचनात्मक सुझावका सहित नेपालको कृर्षिको विकासबाटै राष्ट्रको दिर्घकालीन समृद्धिको बाटो तय हुनेभएकाले त्यस तर्फ पनि कलम चलाईदिन अनुरोध गर्नुभयो  ।

सोही अवसरमा नेपालगञ्ज उप–महानगरपालीकाका मेयर डा. धवल शम्शेर राणाले नेपालको कृर्षि क्षेत्रको अवस्था गम्भीर खतराको अवस्था आईपुगेकाले त्यस तर्फ सबैको ध्यान जानुपने बताउनुभयो ।

नेपालगञ्जको खजुरा रोडमा रहेको महाकाली मिल र सदरलाईनको टंण्डन राइस मिलबाट भारत लगायत बंगलादेश श्रीलंका सम्म चामल निर्यात गर्ने गरेको नेपालगञ्ज पछील्लो पटक नेपालगञ्ज भन्सारबाट भन्सार शुल्क तिरेर भारतबाट दैनिक करोडौंको चामल मात्र आयत गरि कृर्षिमा परनिर्भर भएकोले नेपालमा कृर्षि उत्पादनमा गम्भीर अवस्था आएको बताउनुभयो ।

मेयर राणाले नेपालगञ्ज उप–महानगरपालीका क्षेत्रमा कृर्षि योग्य जमिनको पहिचान गरि बिगतमा नगर क्षेत्रमा गाढीएका ३८ वडा डिप बोरिगं सबै बिग्रेकाले त्यस मध्य हाल आवश्यक क्षेत्रका ५ वटा डिप बोरिग तत्काल मर्मत गरि चालु अवस्थामा ल्याएर सिचाईलाई सहयोग पु–याइने बताउनु भएको छ ।

त्यसै गरि नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष ठाकुर सिह थारुले पत्रकारहरुले पनी राष्ट्रको निति तथा कार्यक्रमहरुको गहिरो अध्ययन गरेर रचनात्मक रुपमा कलम चलाउनु पर्ने बताउदै राष्ट्रको समृद्धिको नारामा सबैको सहयोग रहने बिचार ब्यक्त गर्नुभएको थियो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्षमण दत्त पन्त, पत्रकार शंकर खनाल, हेफरका सञ्चार प्रबन्धक सुम्निमा श्रेष्ठ र जिवेश झाले गोष्ठी सहजीकरण गर्नुभएको थियो भने गोष्ठी समापन हेफर इन्टरनेशनलका कोहलपुर कलस्टरका प्रवन्धक कृष्ण कटटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।