नेपालको राजधानी काडमाण्डौंका बासिन्दा स्वाइन फ्लुको चपेटमा

८ माघ,काठमाडौँ/ नेपालको राजधानी काठमाण्डौं स्वाइन फ्लुको चपेटमा परेको छ । काठमाण्डौंमा बिगत २ महिनामा १५० जना बढी व्यक्तिमा स्वाइन फलु नामक भाइरस किटानुबाट ग्रसित रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको प्रयोगशालाबाट प्रमाणित भइसकेको छ ।

सामन्य त या बंगुरबाट सर्ने यो रोगको किटानु लाई एच१एन१ को नामले नामकरण गरे पनि यो समयको परिवर्तन सगै शक्तीशाली भाइरसको रुपमा बिकसित हुदै गएको बिश्व स्वास्थ्य संगठनले बताउने गरेको छ । 

काठमाण्डौंको ओम अस्पतालको आईसीयूमा उपचाररत रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ भने ओमकै आईसीयूमा रहेका एक स्वाइन फ्लु संक्रमित बिरामीललाई एयर लिफ्ट गरेर उपचारको लागी भारत लगिएको छ ।

काठमाण्डौं राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिनुभएको छ ।
ओम अस्पतालका निर्देशक डा. केपी देवकोटाका अनुसार अस्पतालमा करिब २५ प्रतिशत बिरामी रुघाखोकी तथा छातीको संक्रमणका बिरामी आउने गरेका छन । 

एक्कासि स्वाइन फ्लुको प्रकोप बढेपछि ओम अस्पतालले आफ्नो आईसीयू र इमर्जेन्सीका सबै कर्मचारीलाई ‘फ्लु विरुद्घको खोप’ समेत दिएको बताएको छ ।

गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लु बढेको देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरिशचन्द्र उप्रेती बताउनु भएको छ ।
उप्रेतीका अनुसार हाल मौसमी रुघाखोकीको पहिचान गर्न घाँटीको र्‍यालको नमुना दिने मध्ये करिब आधा जतिमा इन्फ्लुएन्जा एच१एन१ नामक स्वाइन फ्लु देखिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिर देखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा (स्वाइन फ्लु) प्रमाणित भएको हो । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु), ९ जनामा इन्फ्लुएन्जा ए एच३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा हालसम्म इन्फ्लुएन्जाले एक जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । स्वास्थ्यकर्मीहरू भने सरकारले स्वाइन फ्लुको वास्तविक स्थिति लुकाउन खोजेको आरोप लगाएका छन ।

viral-infection-illustration-related-to-infections-system-illustration-includes-depictions…..

सरकारको दाबीभन्दा धेरै बढी राजधानीका अस्पतालहरूका आईसीयूमा भर्ना भएका स्वाइन फ्लु संक्रमितको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । उनीहरूले उपचारमा संलग्न थुप्रै चिकित्सक, स्वास्थ्यकर्मी नै स्वाइन फ्लुबाट प्रभावित भएको दाबी गरेका छन् ।

ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी विभागका प्रमुख डा। अजय सिंह थापा समेत यसै साता स्वाइन फ्लुले गर्दा आफ्नै अस्पतालमा भर्ना भएर नियमित एन्टिभाइरल औषधिको उपचार प्रक्रिया गरेर पूर्ण निको भएको बताउनु भएको छ ।

Spread by coughing. Many strains. A, B, C. H0N1, H2N2, H3N2, etc. Patients may die w/in 48 hours.

डा. अजय सिंह थापाका अनुसार जनमानसले सामान्य रुघाखोकी ठानेर यसमा खासै चासो दिएका छैनन्। रुघाखोकीलाई सामान्य रूपमा नलिऊँ,आफुलाई संक्रमणको जटिलता थाहा भएर चाँडै भर्ना भएर उपचार प्रक्रियामा गएकाले आफु निको भएको बताउनु भएको छ ।

संक्रमण धेरै बढेपछि उपचार प्रक्रियामा जाँदा जटिलता थपिन्छ । समस्या भएकामा छिटो एन्टिभाइरल औषधिले उपचार गर्दा निको हुने भए पनि ढिलो गरी उपचार प्रक्रिया सुरु गर्दा ‘मल्टिअर्गेन फेल्योर’ ले मृत्यु हुने सम्भावना रहन्छ । हाल ग्रान्डीमा समेत इन्फ्लुएन्जाका धेरै बिरामी आइरहेको जनाउँदै डा. थापाले भन्नु भयो हामीकहाँ आएका स्वाइन फ्लुका बिरामी मध्ये कडा संक्रमण देखिएकाको मृत्यु समेत भएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको हो । जाडो समयमा स्वाइन फल्यूको भाइरस सक्रिय हुने र २४ घण्टा सम्म बातावरणमा जिबित रहने यो एच१एन१  स्वाइन फ्लुले भारतमा समेत भयाबह रुप धारण गरेकोमा यो नेपालमा चितवन पछी काठमाण्डौं, जाजरकोट लगायतको जिल्लामा गत बर्ष देखा परेकोमा समयमै उपचारमा सक्रियता देखाएर रोग नियन्त्रण महाशाखा र स्थानिय स्वास्थ्य कर्मिहरुको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । कान्तीपुरमा अतुल मिश्रले समेत यसै सम्वन्धी समाचार लेख्नुभएको छ ।

सम्बन्धित शीर्षक