रुपैडिहामा २ किलो ८ सय ग्राम अफिम सहित नेपाली महिला पक्राउ

# नबी अहमद
माघ, रुपैडिहा/ नेपालगञ्जबाट भारतको रुपैडिहा तर्फ गइरहेको एक जना नेपाली बृद्ध महिलाको साथबाट भारतिय सयुक्त सुरक्षा जांच टोलीले २ किलो ८ सय ग्राम अफिम बरामद गरेको भारतिय प्रहरीले बताएको छ ।

भारतिय अर्ध सैनिक बल एसएसबीको रुपैडिहा स्थित ४२औं बटालियनका सहायक उप–निरिक्षक राजेन्द्र कुमारका अनुसार रुपैडिहा स्थित एसएसबी र भारतिय प्रहरीको सयुक्त चेक चांचको क्रममा बांकेको कोहलपुर निवासी करीब ५० बर्षिय जोग मांयाको साथबाट २ किलो ८ सय अफिम पक्राउ गरेको जनाएको छ ।

मंगलबार सांझ जमुनहामा पक्राउ परेको सेतो हिरोइनको मुल्य अन्र्तराष्ट्रिय बजारमा भारतिय करीब ८५ लाख ५० हजार रुपैया रहेको अनुमान सुरक्षा अधिकारीहरुले गरेका छन । भारतिय नारकोटिक्स बिभाग मार्फत राजपत्रमा सुचना जारि गरेर भारतमा लाइसेन्स लिएर अफिम खेती तथा ओसार पसार  गर्न पाइने ब्यवस्था पनि रहेको छ ।

नेपालमा हिमाली तथा मध्य पहाडी जिल्लामा बसोबास गर्ने आदीबासी जनजातीहरुले यस किसिमको अफिम खेती तथा उपभोग गर्ने क्रम अझै जारि ररहेको छ ।

नेपाल–भारत सिमा क्षेत्रमा लागु पदार्थ सेतो र खैरो हिराइन, चरेश लगायत नसिली दवाईको भारतबाट नेपाल र नेपालबाट भारत ओसार पसार गर्ने बढदो क्रममा रहेको बिभिन्न घटना क्रमहरुले देखाएको छ ।

नेपालमा लागु औषध नियन्त्रणको लागी गृह मन्त्रालयले छुटटै इकाई नै गठन गरेर रोकथाम तथा नियन्त्रण गर्ने काम गरिरहेका छ भने भारतमा पनि भारतिय सरकार पछील्लो केही बर्ष देखी नियन्त्रणको प्रयास जारि राखेको छ । भारत दक्षिण एशियाको सबै भन्दा बढी कारोबार हुने मुलुकको रुपमा चिनिदै आएको छ ।