नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बांकेबाट हाल सम्म जारि भएका नागरिकता मध्य करिब 25 प्रतिशत नागरिकताको अनुसूचि फारम गायब छन ।
मोलमोलाईका साथ आपसी मिलेमतोमा झुटा विवरण पेश गरि नागरिकता लिने दिने गर्ने ब्यक्तीहरुको गिरोहको संलग्नतामा जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि गरिएको नागरिकताको अनुसूचि फाइल नै गायब पारिएकोे आशंका छ ।
नक्कली बाबु/आमा, नक्कली बिवाह र नक्कली जन्मसिद्ध सिफारिस गरेर नेपाली नागरिकता लिएको भनी बिभिन्न ब्यक्तीहरुले अख्तियार, अदालत र प्रशासनमा उजुरी दिन थाले पछी बांकेबाट जारि भएका नागरिकता मध्य करीब 25 प्रतिशत नागरिकताको अनुसूचि गायब छ ।
झुटा विवरण तयार पारि नक्कली नागरिकता लिने/दिने गरेको उजुरीका सम्वन्धमा छानबीन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि भएका जम्मा नागरिकता मध्य करीब 25 प्रतिशत नागरिकताको अनुसूची फारम अर्थात नागरिकता प्राप्त गर्दाको सबै विवरणहरु गायब छन ।
नक्कली नागरिकता सम्वन्धी उजुरीको बास्तिबक के-कसरी नागरिकता प्राप्त गरेको हो भन्ने बिवरण माग गर्ने निकायलाई जिल्ला प्रशासन कार्यालय बांकेको नागरिकता फांटले नागरिकता पुरानो भएर, झुत्रीयर, च्यातिएर हराएर विवरण फेला नपरेको भनेर प्रतिउत्तर पठाउने गरेको छ । तर बास्तबिकता भने आपसी मिलेमतोमा नागरिकता किन-बेचको पोल खुल्ने भएकाले नागरिकता लिदाको अनुसूचि फारम राखिएको पोका नै गायब पार्ने गरिएको पाइएको स्रोतको दाबी छ ।
जसको उदाहरणको रुपमा बांकेको रनियापुर ठाउं ठेगाना राखी कुसल सिह ठकुरीले मिती २०६७ साल मंसिर २९ गते जिल्ला प्रशासन कार्यालय बांकेबाट आपसी मिलेमतोमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर ६६१०४३/३५५ नागरिकता नक्कली भएको अख्तियारमा उजुरी परेको छ ।
उक्त उजुरीको सम्वन्धमा अख्तियारले जिल्ला प्रशासन कार्यालयलाई के-कसरी नागरिकता बितरण दिइएको हो विवरण उपलब्ध गराउन माग गरेकोमा प्रशासनले बिना प्रतिउत्तर चुप लागेर बसेपछी अख्तियारले गृह मन्त्रालय मार्फत उक्त बिवरण माग गरेको थियो ।
उक्त नागरिकताको बिवरण मागका बिषयमा नागरिकता फांटले अन्य नागरिकताको उजुरी उपरको प्रतिउत्तर झै बिववरण फेला नपरेको भनी अख्तियारलाई प्रतिउत्तर पठाएको छ।
नक्कली नागरिता लिएको भनीएका कुसल सिह ठकुरीले नागरिकता लिएपछी उनकै नागरिकताको बंशजको आधारमा उनका छोरा राम शरण सिह ठकुरीले त्यसको ठिक एक बर्ष पछाडीको मिती राखी २०६८ साल मंसिर २९ गते नै राखेर जिल्ला प्रशासन कार्यालय बांकेबाट आपसी मिलेमतोमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर ६६१०४३/५०८ नम्बरको नागरिकता कायम गराएर लिएको देखिन्छ ।
त्यसपछी रामशरण सिह ठकुरीका ५ भाई छोरा र १ जना छोरीले नागरिकता लिएका छन । जसमा मुल नागरिकता लिएका कुसल सिह ठकुरीले नागरिकता लिदा भरेको अनुसूचि फारम सहित फाइल गायब पारिएको छ भने अन्यको फाइलमा बंशजको आधारमा नागरिकता दिइएको र जसमा बाबु रामशरण सिह ठकुरी उल्लेख गरिएको अनुसूचि फारमको बिवरण सहित जिल्ला प्रशासनले अख्तियारलाई प्रतिउत्तर पठाएको छ।
आपसी मिलेमतोमा नेपाली नागरिकता बेच्ने राष्ट्रघाती दलालहरुको जिल्ला प्रशासन बांकेमा निकै पहिल्य देखी जालो रहेको र जसमा नागरिकता फांटमा काम गर्ने पुराना पियन देखी अन्य केही अधिकारी रहेको स्रोतले दाबी गर्दै आएको छ ।
त्यसै गरि नेपाल सरकारले नेपाली नागरिकताको तथ्याड कम्प्यूटरमा डाटा इन्ट्री गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बांकेले हाल सम्म जारि गरेका नागरिकताको अध्यावधी सहित डाटा इन्ट्री गर्ने क्रममा पहाड घर भारत, बंगलादेश र बर्मा भएका अधिकांस ब्यक्तीहरुले नेपाली नागरिकताको अनुसूचि भरेका फारमहरु रहेको फायल नै गायब पारिएको छ ।
जसमा जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि भएका बंशज र २०६३ सालमा जारि भएका जन्मसिद्धको आधारमा जारि भएका नागरिकताको बिवरण समेत विवरण गायब पारिएको छ । बितरण गरिएका केही नागरिकताको मुख्य फाइलमा समेत मनलाग्दी आफु खुशि निर्णय गरि नागरिकताको बिवरण लेखिएको ठांउमा टिपेक्स लगायर केरमेट पनि गर्ने गरिएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बांकेमा अनुसूचि गायब पारिएका नेपाली नागरिकताहरु बिभिन्न समयमा कार्यरत कर्मचारि तथा शासकहरुकै दवाब र प्रभावमा परि बांकेमा रहेका केही उच्च तथा मध्यम घरनाका नाइके समेतको नागरिकता बितरण गरिएको प्ररारम्भीक अनुसन्धानले देखाएको छ ।
पछील्लो पटक बांकेको राप्ती पारि लक्ष्मणपुर गाविसको ठेगानामा २ जना बंगलादेशी नागरिकले नेपाली नागरिक बनी बनाई नेपाली पासपोर्ट सहित काठमाण्डौंबाट बिदेश जाने क्रममा एयरपोर्टमा पक्राउ परि छानबीन गर्दा जिल्ला प्रशासन कार्यालय बांकेका केही ब्यक्तीहरुको प्रत्यक्ष संलग्नतामा १३ लाखमा २ वटा नागरिकता लिएको स्वीकार गरेकोमा ती दुबै बंगलादेशी नागरिक हाल नेपालगञ्ज कारागारमा सजाय भोगी रहेका छन भने नागरिकता दिने ब्यक्ती खुलेआम हाल पनि जिल्ला प्रशासन कार्यालय बांकेमा नै कार्यरत रहेको रकेही अन्यत्र सरुवा भएर गएको अवस्था छ ।
जिल्ला प्रसासन कार्यालय बांकेले केही नक्कली नागरिकताको छाबीन पछी केही नागरिकता जफत र केही रद्ध पनि यस अघि पनि गर्दै आएको छ ।
अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले पनि उजुरी परेका बिषयमा मात्र छानबीन नगरेर यस्ता राजद्रोही नागरिकता बेचबिखन एवम गैर कानुनी सम्पती आर्जन गर्ने जस्तो गम्भीर बिष्यमा आफै सुक्षम रुपमा छानबीन गरि त्यस्ता कार्यको दुरुत्साहन गर्न आवश्यक रहेको छ ।
हाम्रो संरचना । १० माघ २०७५, बिहीबार ११:३०