एक वर्षमा समृद्धिको आधार खडा: प्रधानमन्त्री केपी ओली

Photo File

३ फागुन, काठमाण्डौं/ प्रधानमन्त्री केपी ओलीले एकवर्षे कार्यकालमा सरकारले आर्थिक समृद्धिको आधार खडा गरेको दाबी गर्नुभएकोछ । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अहिले सम्म गरेका कामले आर्थिक समृद्धिको यात्राको आधार खडा भएको बताउनु भएको छ ।

मन्त्रीहरू, मुख्य सचिव, सरकारका उच्च अधिकारीको उपस्थितिमा करिब १ घन्टा लामो सम्बोधन गर्नुभएको प्रधानमन्त्री वलीले आफ्नो दाबी पुष्टि गर्न विगत देखिका सूचकांक प्रस्तुत गर्दै केही नयाँ कामका सूची पनि पेस गर्नुभएको छ ।

‘सरकार निष्ठापूर्वक काम गर्दै छ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्षहरू उपलब्धिका वर्ष हुनेछन् । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्र मार्फत हामीले व्यक्त गरेको प्रतिबद्धता पूरा ग९यौँ है भन्ने छौँ । त्यतिवेला तपाइ–हामीले देख्ने सपना अर्कै हुनेछ,’ प्रधानमन्त्रीले  भन्नु भयो ।

देशलाई समृद्धितर्फ लैजान आफू भ्रष्टाचार विरुद्ध कठोर बनेको देखि निष्ठापूर्वक काम गरेको प्रधानमन्त्रीले बारम्बार दोहो९याउनु भएको छ । उहांले विपक्षी कांग्रेस देखि सरकारको आलोचना गर्ने कतिपय बुद्धिजीवीलाई लक्षित गर्दै व्यंग्य समेत गर्नुभएको छ ।

राजनीतिक स्थिरता तर्फ मुलुक अघि बढेको र सरकारले निष्ठापूर्वक तीव्रताका साथ काम गरेकाले छिटै समृद्धिको लक्ष्य हासिल हुने उनको दाबी थियो । कतिलाई स्थायित्व अभिषाप बनेकाले अराजकता फैलाउन सरकारविरुद्ध कृत्रिम घटना सिर्जना गर्ने गरेको आरोप लगाउँदै उनले ती सबै षड्यन्त्र चिर्दै अघि बढ्ने घोषणा समेत गर्नुभएको छ ।

‘चुनावी परिणामबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेका छौँ, त्यो संसद् र अन्य जन निर्वाचित निकायमार्फत अभिव्यक्त छ । अब हामी आर्थिक स्थायित्वतिर अग्रसर छौँ । हाम्रा चुनौती के–के हुन् मात्र होइन, को–को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ । कतिलाई यही स्थायित्व अभिषाप बनेको हुन सक्छ,’ प्रधानमन्त्रीले भन्नु भयो, ‘राजनीतिक स्थायित्वलाई तेजोवध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं र तोड्दै जानेछौँ ।’

कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्रीले समृद्धिको यात्रा अघि बढ्न नदिन अबरोध खडा गर्न खोजेको आरोप लगाउनु भएको छ । ‘जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खै त चोटा–कोठा, खै छाना भन्यो भने कसको के लाग्छ रु मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौँ,’ उहौले भन्नु भयो ।
देशवासीको सम्बोधनमा उपलब्धिको सूची थप्न प्रधानमन्त्री ओलीले बिहीबारै पानीजहाज कार्यालयको उद्घाटन तथा जलविद्युत्मा जनताको सेयर लगानी जस्ता दुई महत्वाकांक्षी कार्यक्रमको उद्घाटन समेत गर्नु भएको थियो ।

प्रधानमन्त्री केपी ओलीको सम्बोधनको केही प्रगती झलक

कर्मचारी समायोजन

प्रधानमन्त्रीले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ सहित १ लाख ३७ हजार ३ सय ७१ कर्मचारी दरबन्दी कायम गरेर कर्मचारी समायोजनको अधिकांश काम पूरा  ।

लगानी मैत्री वातावरण सिर्जना

श्रम कानुनमा परिमार्जनसहित लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक विभिन्न १३ ऐन–नियम, निर्देशिका निर्माण, परिमार्जनको प्रक्रिया अघि बढाइएको दाबी छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिएको, प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन ।

ऊर्जामा दूरगामी निर्णय

ऊर्जाको क्षेत्रमा ऊर्जा बैंकिङलगायत दूरगामी प्रभाव पार्ने निर्णय र सम्झौता भएको दाबी गरेका छन् । करिब ३ लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घन्टाबाट बढेर २०० किलोवाट घन्टा पुगेको दाबी गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको काम अन्तिम चरणतर्फ पुगेको, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको तथा भेरी–बबई डाइभर्सन आयोजनाको यस एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण  ।

४९७ किमि नयाँ सडक निर्माण

यस वर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भएको, ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति सम्पन्न भएकोमा २२१ किमि कालोपत्रे गरिएको दाबी छ । तुइन विस्थापन अभियान अन्तिम चरणमा पुगेको  ।

उद्योगमा २ खर्ब ४९ अर्बको लगानी प्रस्ताव

दर्ता भएका ४ सय ९९ नयाँ नेपाली उद्योगले १ खर्ब ९८ अर्ब तथा ४ सय १६ विदेशी उद्योगले ५१ अर्ब ८३ करोडसहित कुल २ खर्ब ४९ अर्ब ८३ करोड लगानीको प्रस्ताव गरेको प्रधानमन्त्रीको दाबी छ ।

सुक्खा बन्दरगाह र जनतालाई बिद्युतको सेयरधनी कार्यक्रम

प्रधानमन्त्रीले बिहीबार उद्घाटन गरेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममार्फत जनतालाई बिद्युतको सेयरधनी बनाउने योजना तथा गत महिना चोभारमा सुक्खा बन्दरगाह शिलान्यासलाई पनि उपलब्धिका रूपमा अथ्र्याएका छन् ।

टिकट काटेर जहाज चढ्न मै खबर गर्छु

प्रधानमन्त्रीले टिकट काटेर पानीजहाज चढ्ने दिन आउने र आफैँले खबर गर्ने दाबी गरेका छन् । पानीजहाज र रेल योजनाको आलोचना गर्नेलाई व्यंग्य गर्दै भने, ‘हवाईजहाजले यस धर्तीलाई परिक्रमा गरेकोग९यै छ । समुद्रमा जहाज कुदेकोकुदै छ, नदीहरूको बाटो हुँदै तिनीहरूले फन्को मारी नै रहेका छन् । हामी पनि चलाऊँ भन्दा सपना मात्रै किन ठानिन्छ रु के यी हाम्रा योजना, नारायणगोपाल–अरुणा लामाले गाएको गीत जस्तो– …. त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भनेजस्तो हो र ?

मैले सत्ता सम्हालेपछि के–के नकाम भए ?

प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेपछि कुनै नराम्रो काम गरेको भए छातीमा हात राखेर सत्य बताउन जनतालाई भनेका छन् । ‘छातीमा हात राखेर आफैँलाई सोध्नुस्, पहिलेका तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के–के भए ? ’ प्रधानमन्त्रीले प्रश्न गर्नुभएको छ ।

भ्रष्टाचार नियन्त्रणमा कठोर बनेको दाबी

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर बनेको दाबी पुष्टि गर्न प्रधानमन्त्रीले केही तथ्यांक प्रस्तुत गरे । राजस्व चुहावटका ४९ र विदेशी विनिमय अपचलनका ३३ गरी ८२ मुद्दामा ८ सरकारी कर्मचारीसहित ९९ व्यक्तिमाथि मुद्दा दायर गरेको बताए । उनीहरूसँग ७ अर्ब ६२ करोड ८२ लाख ५२ हजार रकम बिगो र जरिवाना मागसहित मुद्दा चलाएको दाबी छ । त्यस्तै, अवैध हुन्डी कारोबारमा संलग्न ३३ जनालाई ५ अर्ब ९१ करोड ६ लाख ९६ हजार बिगो कायम गरी त्यसको तेब्बर जरिवाना र ३ वर्षसम्मको कैद मागदाबीसहित मुद्दा दायर गरिएको जनाए । अवैध सुन तस्करीको भयावह आपराधिक मनोवृत्ति र अपराधको शृंखलामा संलग्न अपराधीहरूको संगठित सञ्जाल ध्वस्त पार्ने कार्यले ठूलो सफलता पाएको दाबी गर्नुभएको छ ।

‘मैले घोषणा गरेको छु– म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ,’  ‘कसैले यसलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन ।’

आर्थिक वर्षसम्म ७ प्रतिशत आर्थिक वृद्धिदर

चालू आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको र अन्त्यसम्म ७ प्रतिशतभन्दा माथि हुने प्रधानमन्त्रीको दाबी छ । आर्थिक वर्षको ६ महिनामा औसत महँगी ४.२ प्रतिशतमा सीमित रहेको तथ्यांक पनि प्रस्तुत गर्नुभएको छ । यस्तै, पर्यटक आगमन ३२.५ प्रतिशतले बढेको  छ । बाघको संख्यामा वृद्धि भएपछि संसारका १५ प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्न सफल भएको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिएको, सामाजिक सुरक्षाका कार्यक्रम सुरु भएपछि रोजगारदाताका ९ सय ५० प्रतिष्ठान दर्ता भएको, श्रमिकअनुकूल औद्योगिक वातावरण निर्माण हुँदै गएकाले बन्द–हडतालको स्थिति अन्त्य भएको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री रोजगारको विरोध गर्ने परिश्रम विनाको पारिश्रमिक पाउने झुन्ड

प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटनलाई उपलब्धिका रूपमा अथ्र्याउँदै उनले काम गर्छु भन्नेलाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराउने कार्यक्रम सुरु गरेर ७ विधामा ३ लाखदेखि ५ करोडसम्म ऋण प्रवाह सुरु गरेको बताए । रोजगार कार्यक्रमको विरोध गर्नेलाई प्रधानमन्त्रीले भने, ‘फेरि पनि केही हल्ला त रहिरहनेछ । यस्तो हल्ला गर्नेहरू रोजगारविनाको रोजगारी र पारिश्रमविनाको पारिश्रमिक पाउने झुन्ड मात्रै हुन् ।’

समयमै पाठ्यपुस्तक, १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय

विद्यार्थी भर्ना अभियान उत्साहजनक रहेको दाबी गर्दै उनले देशभरका १ सय २० स्थानीय तहले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको घोषणा गरेको बताए । १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेको तथ्यांक पेस गरे । गत वर्षजस्तै नयाँ शैक्षिक सत्रअगावै सबै विद्यालयमा पाठ्यपुस्तक पु९याइसक्ने घोषणा पनि गरे ।

यस्तै, सबै स्थानीय तहसम्म ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तारका क्रममा अहिलेसम्म १ हजार ३ सय ७१ वटा वडा कार्यालय, १ हजार ४ सय ६० वटा सामुदायिक माध्यमिक विद्यालय र १ हजार ६३ वटा स्वास्थ्य केन्द्रमा दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट सेवा जडान गरिएको उल्लेख गर्नुभएको छ  । नयांपत्रिका अनलाईनमा पनि समाचार उल्लेख गरिएको छ ।