नेपालगञ्जमा अन्तरराष्ट्रिय मुस्लिम धार्मिक प्रवचन सम्मेलन सम्पन्न

# ए खान #
५ फागुन, नेपालगञ्ज/  नेपालगञ्जको फुलटेक्रा स्थित दाउते इस्लामी नेपालको शाखा परिसरमा आयोजना गरिएको अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन सोमबार सामूहिक प्राथना सहित समापन गरिएको छ ।

दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी शनिबार पाकिस्तानबाट नेपालगञ्ज आएर सम्मेलनलाई सम्बोधन गर्नु भएको सहभागीहरुले बताएका छन ।

उक्त मुस्लिम धामि धार्मिक प्रवचन कार्यक्रममा भारत, बगलादेश, यूएइ,यूएसए, पकिस्तान सहित दर्जनौ देशका धार्मिक ज्ञाताहरुले कार्यक्रमलाई सम्बोधन गरेको दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले जानकारी दिनुभएको छ । दाउते इस्लामीले आयोजना गरेको सम्मेलनले धार्मिक मात्रै हैन, यसले समाजमा मेलमिलाप र सदभाव अझै बढाउँछ भन्ने लागेको स्थानीय जियाउ हक हल्वाईले बताउनु भयो ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्ति विरुद्ध धार्मिक चिन्तनको बिकासबाट विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले नेपालगञ्जमा दाउते इस्लामी नेपालले नेपालगञ्जमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको जनाएको छ ।

भारत पाकिस्तान बीच सिमा क्षेत्रमा तनावको माहौलमा आयोजना गरिएको उक्त धार्मिक सम्मेलनमा भारतिय सुरक्षा एजेन्सीहरुको दरो शंकाको बिषय बन्ने गरेको छ ।