नेकपाको कार्यदल भंग 


१० फागुन,काठमाडौं/ नेपाल कम्यनिस्ट पार्टी ९नेकपा०ले सांगठनिक एकता टुंगो लगाउने गरि यस अघि गठन गरिएको कार्यदललाई शुक्रबार भंग गरेको छ ।

नेकपाले सांगठनिक एकता टुंगो लगाउने बिषयको प्रस्ताव शीर्ष नेताहरु रहेको सचिवालय स्थायी कमिटीमा पेश गर्ने गरि कार्यदल भंग गरेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।
बिहीबार सचिवालय बैठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो ।

शुक्रबारको सचिवालय बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रस्तावअनुसार निर्णय गरिएको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
श्रेष्ठलेअहिलेसम्म कार्यदलले गरेको कामका लागी धन्यवाद दिने निर्णय गर्दै अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ पत्रकारहरुलाई जानकारी दिनुभएको छ। अनलाईन खबरमा पनि समाचार प्रकाशित गरिएको छ ।