बुटवलको अमरपथ स्थित होटल रोयल, प्रभु बैंक समेतमा आगलागी, लाखौंको क्षती, फेरि पनि दमकल ढिलो आयो: स्थानिय बासिन्दा

१३ फागुन,बुटवल/ आईतबार सांझ  बुटवलको अमरपथ स्थित होटल रोयल, प्रभु बैंक समेत रहेको भवन क्षेत्रमा आगलागी हुदा करोडौं सम्पती जलेर नष्ट भएको छ ।
आगलागी हसनासाथ सहयोगको याचना सहितको सूचना दिदा पनि दमकल समयमा नुसग्दा आगो सल्किएर भिषण क्षती पु–याएको स्थानियहरुले जानकारी दिनुभएको छ ।

आईतबार राती करिब ९ बजेबाट सुरुभएको आगलागि ११ बजे सम्म नियन्त्रणमा आउन नसकेकोमा दमकल समयमा नआउदा ठुलो क्षती बेहोर्नु परेको स्गानिय बासिन्दा जानकारी दिनु भएको छ ।
बैंक जस्तो सुरक्षाको दृष्टिकोणले सम्बेदनशिल भवनको तल्लो तलामा होटल रोयल सञ्चालनमा रहेको ठाउंमा कार्यालय स्थापना गर्नु पनि चरम लापरबाही अर्थात जहां जे गरे पनि हुन्छ भन्ने दृष्टिकोणले बैक सञ्चालन गर्दा ठुलो क्षती हुन पुगेको बताइएको छ ।

होटलबार बाट सुरुभएको आगलागि बैंक सञ्चालन रहेको माथील्लो तला फैलिदा सम्म दमकल नपुग्दा ठुलो क्षती भएको हो ।
बुटवल उप–महानगरमा आगलागी हुदा दमकल चुस्त दुरुस्त अवस्थामा नरहनु दमकलको जिम्मेवारी सम्मालेका ब्यक्तीहरको चरम लमपरबाही भएकाले त्यस्ता ब्यक्तीलाई आगलागीको क्षतीको आधारमा जिम्मेवारि बहन गराउनु पर्ने माग स्थानियले उठाएका छन ।

ढिलै भए पनि नेपाल प्रहरीले समन्वय गरेर बिभिन्न ठाउंबाट आगलागि नियन्त्रणका लागि ३ वटा दमकल र सुरक्षाकर्मि र स्थानिय बासिन्दा सहयोगमा आगलागि नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिल बहादुर मल्लले जानकारी दिनुएको थियो ।

होटलबाट सुरुभएको आगो प्रभु बैंकको एटीएम मशिनरि देखी पैसा समेत सखाप पार्दै,भैरव ब्याग हाउस र बिन्दवासिनी फेन्सी पसल लगायतमा आगोले क्षति पु–याएर लाखौंको क्षती भएको छ ।
आगलागि भएको स्थान बुटवलको अमरपथबाट करीब ५ सय मिटर दुरीमा रहेको बुटवल उप–महानगरपालिको दमकललाई खवर गरेको ४५ मिनेट पछि मात्र २ वटा दमकल घटना स्थल पुगेको स्थानीयबासीले जानकारी दिएका छन् जसबाट बुटवल उप महानगरपालीकाको दमकल हेर्ने ब्यक्ती कर्मचारिहरुको लापरबाही देखिन्छ।

यस अघि पनि बुटवलको सुख्खानगर स्थित संिप कम्पलेक्सममा आग लागी हुदा दमकल समयमा नपुगेको गुनासो गरे पनि त्यसलाई नगरपालीकाले चुस्त दुरुस्त नराखेको पछीले घटनाक्रमले देखाएको छ ।
बुटवलमा बिधुतीय तार सर्ट भएर आगलागी हुने सम्भावना बढि भएकाले बुटवलको मुख्य बजारमा नियम बिपरित पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पहरुमा आग लागी भएमा बुटवलको मुख्य बजार क्ष्त्र ठुलो जोखिमममा पर्ने अवस्था रहेको पनि छ । त्यस तर्फ सम्वन्धीत निकायको ध्यान पुगेको देखिदैन ।