२९ फागुन, नेपालगञ्ज/ बिदेशी मुलुक भारतबाट भन्सार छली तथा पशु चेक जांच नगरि नेपाल भित्रयाइएका करीब १२ लाख बराबरका खसीहरु सहित ३ जना ब्यक्तीलाई बुधबार नेपाल प्रहरीले पक्राउ गरेको छ ।
खुला सिमा नाकाको दुरुपयोग गदै तस्करहरुले भारतबाट नेपाल तर्फ तस्करीको माध्यम मार्फत ल्याइएका ति ८० वटा खसीहरु बिहिबार नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर १० बांके बगियाबाट पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डांगीको टोलीले बिशेष सूचनाका आधारमा ति खसीहरु पक्राउ गरि आवश्व प्ररारम्भीक छानबीन गरि आवश्यक काबाृहीका लागी सम्वन्धीत नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जानकारी दिएको छ ।
भारत वा अन्य कुनै बहिरी मुलुकबाट पशुपक्षी वा ती बाट उत्पादीत बस्तुहरु आयात गर्दा नेपाल सरकारको पशुपक्षी क्यारेन्टाइट कार्यालय मार्फत स्वास्थय परिक्षण गरि पशुपक्षी स्वास्थ्य ठहरियमा सम्न्धीत भन्सार कार्यालयमा आवश्यक राजश्व तिरेर नेपाल तर्फ आयात गर्नुपर्ने ब्यवस्था रहेको छ ।
त्यसरी चेक जांच नगरि सिधै आयात गर्दा जनमानसको स्वास्थयमा समेत गम्भीर खतरा र पशुपक्षी सगै गम्भीर खालका रोगहरु समेत आयात हुनसक्ने भएकाले भन्सारमा पशु क्पारेन्टाइन चेकपोष्ट राखीएको छ तर ति र्काालयहरुबाट समेत प्रभाबकारी काम नहुदा नेपालगञ्ज भन्सार कार्यालय क्षेत्रबाट चेक जांचको खाली प्रक्रिया मात्र पु–याएको जस्तो गरेर कागजातमा ठिकठाक पारेर भारतबाट, खसी, रांगा, माछा, दुध मिलेमतोमा आयात भइरहेकोमा बुधबार एक लटमा ल्याईएका खसीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिमानामा तस्करी नियन्त्रणको लागी नेपाल –भारत सिमाना नाका जमुनामा जिल्ला प्रहरी कार्यालय बांके मातहतको इलाका प्रहरी कार्यालय, भन्सार गेटमा राजश्व चेक जांच कर्मचारी तथा शसस्त्र प्रहरी, जैसपुरमा अर्को प्रहरी चेक जांच, फेरी चौकिक्कामा शसस्त्रको अर्को चेकजांच पोष्ट यी सबै चेक पोष्ट छलेर नेपालगञ्ज आइपुगेको उक्त ८० वटा खसीकको एक हुललाई वडाप्रहरी कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो ।
हाम्रो संरचना । ३० फाल्गुन २०७५, बिहीबार ०६:४९