हाम्रो संरचना बिहिबार, साउन २९, २०७७ 612 Views

१५ चैत्र, नेपालगञ्ज/  नेपाली खेल प्रेमी र खेलाडीहरुको लागी महा–उत्सवको रुपमा लिईने गरेको राष्ट्रिय खेलकुदको आठौं संस्करण आगामी २०७६ साल बैशाख ५ गते सुरु गरेर बेशाख ११ गते समापन गर्ने गरि मिति तोकिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तथा खेलकुद मन्त्री जगत बहादुर सुनारको अध्यक्षतामा शुक्रबार बसेको परिषदको बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा बैशाख ५–११ सम्म गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव केशब कुमार बिष्टले जानकारी दिनुभएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने भनिएको परिषदको बैठक केही अबेर सुरु भएकोमा प्रतियागिताको मितीका बिषयमा परिषदको बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रतियोगिता चैत्र अन्तीम वा बेशाखको पहिलो हप्तामा गर्नुपर्ने कारण सहित बैठकमा एजेण्डा प्रस्तु गरेपछी बैठकले सर्व सम्मतीले पारित गरि सबै प्रतियोगिता सफल पार्न जुटनु पर्ने निर्णय गरेको छ ।