बर्दियाको बनगाई, नेपालगञ्ज र ओखलढुंगाको माने भञ्ज्यागमा दुर्घटना: १० जनाको मुत्यू


तस्बीर सांकेती मात्र हो ।

१७ चैत्र, नेपालगञ्ज/  बाँके र बर्दियामा आईतबार बिहान भएका छुट्टा–छुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय  मोतीपुर,बांसगढी बर्दियाका प्रमुख प्रहरी निरीक्षक  बसन्त गौतमका अनुसार बारबर्दिया नगरपालीका वडा नम्बर ५ बनगाईमा मोटरसाइकल एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा बर्दिया मधुवन नगरपालिका–१ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का खगेन्द्र बस्नेतको मृत्यु भएको प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो।

सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।  पूर्वबाट पश्चिम जाँदै गरेको भे. ८ प. ६९६८ र बिपरित दिशाबाट आइरहेको बा. ९१ प. ९३७७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो ।

त्यसैगरी आईतबार नै बाँकेको नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० मनिकापुरका ६५ बर्षीय बलराम मिश्रलाई कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा. ८ ख. १६८४ नम्बरको ट्रकले कारकाँदोमा ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

त्यसैगरि आईतबार नै ओखलढुंगाको माने भञ्ज्यागबाट काठमाण्डों आइरहेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्यांगको भण्डारे ओला नजिक दुर्घटना हुदा ४ जना पूरुष र २ जना महिला सहित ६ जनाको मुत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश ?ले जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षक