एनआइसी एसिया बैंकको वार्षिकोत्सवको अवसरमा १५ चमत्कारिक बचत निक्षेप योजना

 

२२ चैत्र नेपालगञ्ज/ निजी क्षेत्रको सबैभन्दा ठुलो वित्तीय संस्था भएको दाबी गर्ने एनआइसी एसिया बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न १५ चमत्कारिक बचत निक्षेप योजना ल्याएको जनाएको छ ।
बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न चमत्कारिक योजना ल्याएको हो । सबै खालका ग्राहकलाई समेट्ने गरी चमत्कारिक बचत योजना ल्याइएको बैंकका नेपालगञ्ज क्षेत्रीय प्रवन्धक तेजराज तिमिल्सिनाले शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

चमत्कारिक बचत खाता चमत्कारिक नारी बचत खाता ,चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता चमत्कारिक बाबु नानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलब बचत खाता लगायतका योजना ल्याइएको तिमिल्सिनाले बताउनु भयो ।
हाम्रा ग्राहकलाई हामीले सकेसम्म धेरै सेवा सुविधा दिन सफल छौं उनले भने ‘ग्राहकलाई अझ बढी सेवा सुविधा तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित चमत्कारिक बचत योजना ल्याएका हौं ।’

उल्लेखित निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको १८ वटा घातक रोगको बिमा तथा १ लाख ५० हजार रुपैयाँसम्मका औषधी उपचार बिमा ग्राहकले प्राप्त गर्ने बैकका सेल्स आफिसर डिल्लीराज खनालले जानकारी दिनु भयो ।

कर्जामा समेत विशेष छुट र सहुलित प्रदान गर्ने गरी योजना ल्याइएको बैंकका प्रवन्धक तिमिल्सिनाले जानकारी दिनुभयो । बैकले  ल्याएका २२ चमत्कारिक फाइदा सहित ल्याइएका योजनाले सबै क्षेत्रका ग्राहकलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको उहांले बताउनु भयो ।

नेपालमा रहेका २८१ शाखाबाटै नै चमत्कारिक निक्षेप खाता खोल्न सकिने तिमिल्सिनाले जानकारीदिनु भयो । नेपालमा नै पहिलोपट स्विप इन स्विप आउटको सुविधाबाट बचत खातामा मुद्धति खाताकै सुविधा बैंकले प्रदान गर्नेछ । देशभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएम बाट पैसा निकाल्दा शुल्क नलाग्ने बनाइएको छ । बैकले बिशेष सिल्भर, गोल्ड र डाइमण्ड गरि बचत कर्ताहरुको योजना बैकले अगाढी सारेको सो अवसरमा जानकारी दिइएको थियो ।