प्रेस काउन्सिलको आयोजनामा नेपालगञ्जमा पत्रकार आंचारसहिंता छलफल

२८ चैत्र, नेपालगञ्ज/ नेपाली पत्रकारिता मुख्य जिम्मेवारी बोकेका बिभिन्न ४ वटा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा बिहिबार बांकेका पत्रकारहरु लागी नेपालगञ्जमा पत्रकार आचारण तथा मिडिया सम्वन्धी छलफल कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ ।

नेपाली पत्रकारहरुको नियमन तथा अनुगमन निकाय प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, सञ्चार संस्था दर्ता तथा सञ्चालन, नियमन तथा अनुगमन निकाय प्रेस काउन्सिलका निर्देशक बालकृष्ण घिमिरे, पत्रकारहरुको पेशागत आधिकारिक संस्था नेपाल पत्रकार महासंघका अधयक्ष गोबिन्द आर्चाय र पत्रकारहरुको सेवा सुबिधाहरुको अनुगमन तथा कार्यन्वयन निकाय न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुलीको उपस्थितीमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो ।

छलफल कार्यक्रममा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले छिमेकी मुलुकहरुको दांजोमा नेपाली पत्रकारहरुको ब्यवसायिक क्षमता अब्बल रहेको बताउदै बेला बखत राष्ट्रिय हितको पक्षमा छिमेकी मुलुक भारत र पाकिस्तानी मिडियाले हालै तनाबका बेला गरेको रिपोटिंगबाट पनि नेपाली मिडियाहरुले केही सिक्नुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले समृद्ध राष्ट्र र सुखी नेपाली जनताका लागी नेपाली मिडियाले कहि कतै नचिप्लिएर राष्ट्रिय हितको पक्षमा एक ढिक्का भएर लाग्नुपर्ने बताउदै हालैका पछील्ला दिनहरुमा नेपाली पत्रकारिताको साखलाई माथी उठाउनु पर्ने आवश्यक्ता रहेकाले यसलाई ध्यान दिन सबै नेपाली पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
इधरउधर छोडेर नेपाली पत्रकारहरुले पत्रकार आचांरसहिता कडाईका साथ पालना गरेमा नेपाली पत्रकारहरुको साख माथी उठने र समाजले पनि पत्रकारिता पेशामा लागेका ब्यक्तीहरु माथी बिश्वास र सम्मान गर्ने बातावरण बढदै जाने बताउनुभयो ।

त्यसैगरि सूचना बिभागका निर्देशक वालकृष्ण घिमिरेले नेपाल सरकारले नेपाली सञ्चार जगतको कार्यन्वयन ईकाइका लागी सूचना तथा प्रसारण बिभाग मार्फत सहजीकरण गरिरहेकोमा हालै नयां परिबेश अनुसार देशभरी रहेका सबै ५ वटै सूचनाकेन्द्र खारेजीमा परि प्रदेश सदरमुकाम रहेको जिल्ला हुलाक कार्यालयलाई उक्त सूचना केन्द्रको काम गर्ने गरि जिम्मेवारी नेपाल सरकारले दिएकोले नेपालगञ्जमा रहेको सूचनाकेन्द्र सोही बमोजिम भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आर्चायले नेपाली पत्रकारहरुको हकहितका साथै ब्यवसायिक क्षमता अभिबृद्धि गदै लैजाने र आइपरेका समस्याहरु समाधान गदै जानेक्रममा नेपाली पत्रकारहरुका लागी पत्रकार मैत्री कानुन निर्माण तथा कार्यन्वयनमा यतिखेर महासंघको ध्यान गईरहेको जानकारी दिनुभयो ।
अध्यक्ष आर्चायले बांके लगायत केही अन्य जिल्लामा पत्रकारहरु बीचका प्रकाशित समाचारहरुको पनि महासंघको ध्यान आकृष्ट भएको बताउदै सबै पत्रकारहरुलाई पत्रकार आंचर सहिता पढन र पालना गर्न अनुरोध गर्नुभयो ।

सो क्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुलीले नेपाली पत्रकारहरुको हकहितका लागी सम्वन्धीत पक्षहरुसंग बसेर नेपाल सरकारले कानुन बनाएर तोकेको न्यूनतम पारिश्रमिक कार्यन्वयनका लागी सहजीकरण तथा कार्यन्वयनका लागी भुमिका निभाईरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी बांकेमा कार्यरत पत्रकारहरुले ठुला र साना मिडिया हाउसहरुलाई एकै किसिमको कानुन लागु गर्नाले स्थानिय स्तरमा सञ्चालनमा रहेका मिडियाले खेलेको भुमिका बिर्सने काम भएकोले यसलाई कम्तीमा पूजी लगानीको आधारमा बर्गिकरण गरेर स्थानिय मिडियालाई प्रवद्धन गर्न सम्वन्धीत पक्षहरुसंग जोडदाररुपमा उठाउएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बांकेको सहकार्यमा नेपाल प्रेस काउन्सिलले आयोजना गरेको थियो ।