१ बैशाख, नेपालगञ्ज/ लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज आईतबार बिहानै लुक्ला बिमानस्थल धावन मार्गबाट चिप्लिएर दुर्घटना हुदा को-पाइलट र एक प्रहरी गरि २ जनाको मृत्यु भएको छ भने पाइलट सहित ३ जना घाइते छन् ।
लुक्ला विमानस्थलमा समिट एयरको हवाई जहाज र मनाङ एयरको हेलीकोप्टरसंग ठोक्कीएर दुर्घटनामा चालक दलका अन्य २ जना सदस्य घाइते भएका छन् । त्रिभुवन विमान स्थलका प्रवता प्रताप बाबु तिवारीका अनुसार जहाजका को-पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काको मृत्यु भएको छ ।
उक्त जहाजमा क्याप्टेन रवीन्द्र रोकाया को-पाइलट एस ढुंगाना रहेको समिट एयरले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ।
जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ एयरको हेलिकप्टर सित ठोकिएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनाका क्रममा धावन मार्ग छेउमामा रहेका २ जना नेपाल प्रहरी समेत घाइते भएका मध्य १ जना प्रहरीको मुत्यू भएको हो ।
उक्त दुर्घटनामा मनाङ एयरको हेलिकप्टर पनि क्षतिग्रस्त छ । को-पाइलट खड्कालाई जहाजबाट झिक्न केहीबेर समस्या भएको थियो ।लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
हाम्रो संरचना । १ बैशाख २०७६, आईतवार १०:१९