आठौं राष्ट्रिय प्रतियोगितामा महिला हक्की बांकेको खजुरामा सुरु: पहिलो खेलमा गण्डकी प्रदेश बिजयी

जागेश्वर सिहं थारु

१ बैशाख,नेपालगञ्ज/ आईतबार बिहान बांकेको खजुरामा भएको आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले प्रदेश नं। १ लाई ४–० गोल पराजित गरेको छ ।
गण्डकी प्रदेश र प्रदेश नं। १ बिच भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं. १ लाई ४ गोल गर्दै जित हात पारेको हो । गण्डकी प्रदेशले खेलको शुरु देखि नै दबाब दिए पनि खेलको पहिलो क्वाटरमा गोल गर्न सकेका थिएनन् ।

दोस्रो क्वाटरको खेल शुरु हुदाँ जर्सी नं. १६ का गण्डकी प्रदेशकी मिना परियारले १७ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेकी थिइन । गण्डकी प्रदेशले प्रदेश नं. १ लाई निरन्तर दबाब दिई रहेपछि खेलको तेस्रो क्वाटरमा ५ नं. जर्सीमा खेली रहेकी देवीकी विकले ४३ मिनेटमा दोस्रो गोल गरेर २–० ले आफ्नो टिमलाई अगाडी बढाएकी थिएनन् ।

तेस्रो क्वाटर समयमा ६ नं. जर्सीमा खेली रहेकी कमला राणाले ४० र ४५ मिनेटमा २ गोलको योगदान पछि गण्डकी प्रदेशले ४ गोलले प्रदेश नं. १ माथि जित हात पारेको हो ।
खेल अवधिको निर्धारित समयमा गण्डकी प्रदेशले ६ पेनाल्ती कार्नर पाएको थियो भने प्रदेश नं. १ ले १ पटक मात्र सो अवसर प्राप्त गरेको थियो । आइतवार साँझ ४ बजेको खेलमा प्रदेश ३ र प्रदेश ७ बिच प्रतिशपर्धा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजकले जानकारी दिएको छ ।