बुटवलबाट नेपालगञ्ज आउदै गरेको बस दुर्घटनामा को-को परे (घाईतेहरुको नामावली सहित) घाईतेहरुलाई आफन्तको सहयोगको खांचो

३ बैशाख, नेपालगञ्ज/  सोमबार सांझ बुटवलबाट नेपालगञ्ज तर्फ आईरहेको बस दुर्घटनामा घाइते हुनेहरुको संख्या २५ जना पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

बुटवलबाट नेपालगञ्ज तर्फ आईरहेको लु १ ख ५९९१ नम्बरको यात्रु बहाक बस सोमबार सांझ ९ बजेर ३५ मिनेटमा कोहलपुर देखी ११ कि.मि. पूर्वमा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बांकेको राप्तीसोनारी गाउंपालीका वडा नम्बर ८ ढकेरी नजिकै भे १ त ५६९८ नम्बरको टयाक्टरसंग ठोक्कीयर दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकृत मान बहादुर बि.सी.का अनुसार उक्त दुर्घटनाको जानकारी पाउना बित्तिकै प्रहरी नायब निरिक्षक रमेश बहादुर सिंहको नेतृत्वमा २५ जना जनपद प्रहरी टोली, शसस्त्र प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा उक्त दुर्घटनाका घाईतेहरुको तत्काल उद्धार गरि उपचारको लागी कोहलपुर स्थित मेडीकल कलेजमा पु–याइएको थियो ।

उक्त दुर्घटनामा ४ जना गम्भीर रहेको अन्य मध्य केही मध्यम र केही टांउको खुटटामा चोट लागेर घाईते भएकोमा अवस्था सामन्य रहेको र दुर्घटनाका घाईतेहरुलाई आफन्तहरुको सहयोगको खांचो रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा रुपन्देही सैनामैना नगरपालीका वडा नम्बर ११ का ३७ बर्षिय बिष्णु मल्ल, जाजरको जिल्ला बारेकोट गाउंपालीका वडा नम्बर ९ का २१ बर्षिय गोपाल जैसी, जाजरकोट सक्ला गाउंपालीका वडा नम्बर ५ का ४० बर्षिय कृष्णा भण्डारी र बांके खजुरा गाउपालीका वडा नम्बर २ का २४ बर्षिय शोभा रसाईली रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना घाईते भएकाहरुको बिवरणहरु: