आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव फाइनलमा

 

१०, बैशाख नेपालगञ्ज/ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्ज रंगशालामा मंगलवार बिहान भएको  पुरुष फुटवल  सेमि फाइनल  खेलमा प्रदेश ५ लाईट्राईब्रेकरको आधारमा पराजित गरि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ ।

ट्राईब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको अवधिमा दुवै समुहले दुई–दुई गोल गरेपछि ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र शन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् ।

ट्राइब्रेकरमा प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्नबाट चुकेका थिए । ट्राइब्रेकर अघि खेलमा त्रिभुवन आर्मी क्लवले पहिलो आफमा नै २–० को अग्रता जोगाउन सकेन् । खेलको २० औं मिनेटमा प्रदेश नम्बर ५ का
जर्सि नम्बर ५ का दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाटत्रिभुवन आर्मी क्लवले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दीपकुमार लामाले गोल गर्दै आर्मीको अग्रता २–० को बनाएका थिए ।

खेलको दोसूो आफको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले नै पेनाल्टीबाट नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । मंगलवार बेलुकी नेपाल पुलिस क्लब र एपीएफ क्लब बीच खेल हुने भएको छ ।  उक्त बिजेता टिम र त्रिभुवन आर्मी क्लव बीच फाइनल बुधबार अपरान्ह नेपालगञ्ज रंगशालामा हुने भएको छ ।