आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला क्रिकेट तर्फको स्वर्ण पदक एपीएफ लाई

 

११ बैशाख,नेपालगञ्ज/  आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट तर्फ ‘स्वर्ण’ पदक शसस्त्र प्रहरी बलको एपिएफले जित्न सफल भएको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा एपिएफले प्रदेस न १ लाई ८७ रनले पराजित गर्दै स्वर्ण पदक कब्जा गरेको हो । फाइनलमा टस हारेर सुरुमा ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा अल आउट हुँदै १२८ रन बनाएको थियो १ उसका लागि ज्योती पान्डेले ४१ बलमा ४५ रन, सिता राना मगरले ३९ बलमा ४१ रन, इन्दु बर्माले १४ बलमा १२ रन, ममता चौधरिले ८ बलमा ११ रन बनाएका थिए ।

प्रदेस न १ का रुबिना छेत्री, सबनम राई, सङ्गिता राइले समान ३र३ विकेट लिएका थिए । उपाधी लक्ष सहित रन पछ्याएको प्रदेस न १ ले १९।४ ओभरमा अल आउट हुँदै मात्र ४१ रन बनाएपछी ८७ रनको ठूलो हार बेहर्यो १ रश्मि शर्मा चौलागाइले ६३ बलमा २७ रन बाहेक अन्य ब्याट्स वुमनले दोहोरो अन्कमा रन बनाउन सकेनन ।

एपिएफका लागि सीता रानामगर, सरिता मगर, रितु कनौजियाले समान २र२, सोनु खडका, रेखा रावल, करुणा भन्डारीले समान १र१ विकेट लिएका थिए । एपिएफकी सीता रानामगर प्लेयर अफ द फाइनल भएकी थियिन