डडेल्धुराको साहुखर्कमा बस दुर्घटना: ७ जनाको मृत्यु २४ जना घाइते

उक्त दुर्घटनामा मृत्यू भएकाहरुको शब पोष्ट मार्डमका लागी अस्पताल लग्दै आफन्त Photo: Republica

११ बैशाख,डडेल्धुरा/  सुदुर पश्चिमको एक मात्र दक्षिणबाट उत्तर जोडनेभिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ साहुखर्कमा बुधबार बस दुर्घटना हुदा ७ जनाको मुत्यू भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन् ।

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन ।

बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थलबाट जानकारी दिनुभएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जोशीले जानकारी दिनुभएको छ । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ । उक्त घटनामा भाईतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।